Technology Khabar ६ कार्तिक २०८०, सोमबार
काठमाडौं ।
पञ्जाबको फिरोजपुरबाट अनलाइन ठगीको ठूलो घटना बाहिर आएको छ। साइबर अपराधीले बैंकको सफ्टवेयर ह्याक गरेर १५.५ करोड भारतीय रुपैयाँ अर्थात करिब २५ करोड रुपैयाँ चोरेका छन्। कडा सुरक्षाबीच आईसीआईसीआई बैंक फिरोजपुरका एक अज्ञात व्यक्तिले यो साइबर ठगी गरेको हो।
यसबारे बैंक व्यवस्थापनले प्रहरीमा उजुरी गरेको छ। साइबर ठगीको यो अनौठो घटना सार्वजनिक भएको छ, जसमा कोही व्यक्ति नभई बैंक आफैंले सम्झौता गरेको छ।
रिपोर्टका अनुसार पञ्जाबको फिरोजपुर सहरको मल रोडमा रहेको आईसीआईसीआई बैंकको शाखाबाट अज्ञात व्यक्तिले १५ करोड ४७ लाख ४६ हजार १७७ भारु अर्थात करिब २४ करोड ७५ लाख रुपैयाँ चोरी गरेको छ। अज्ञात व्यक्तिले बैंकको सफ्टवेयर ह्याक गरी करोडौं रुपैयाँ हिनामिना गरेको बैंकका अधिकारीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।
तर उक्त रकम कसरी सफ्टवेयर ह्याक भयो र कस्ले रकम चोरी गर्यो भन्ने बारेमा थप जानकारी छैन्।
प्रकाशित: ६ कार्तिक २०८०, सोमबार