एप्पलको ईसिम सहितको आईप्याड (२०२२) चीनमा लन्च

Technology Khabar ४ कार्तिक २०८०, शनिबार

काठमाडौं ।

एप्पलले बिहीबार नयाँ र कम लागतको पेन्सिल अनावरण गरेको छ। साथै कम्पनीले एप्पल आईप्याड (२०२२) को नयाँ भर्सन पनि प्रस्तुत गरेको छ।

यद्यपी यो केवल चीनको लागि रहेको र उक्त अपग्रेड वास्तवमै यस बजारको लागि नयाँ रहेको छ।

यस ट्याब्लेटमा नयाँ विषय भनेको ट्याब्लेटको फाईभजी भर्सनहरूले अब ईसिम समर्थन गर्ने उल्लेख छ। यस अघि ट्याब्लेटमा नानो–सिम कार्ड (र यो अझै पनि विकल्पमा रहेको) राख्नु पर्ने आवश्यकता रहेको थियो भने अब चाहेको खण्डमा भौतिक कार्ड छोड्न सकिने जनाइएको छ। साथै यो केवल चाइना युनिकम सदस्यहरूको लागि मात्र उपलब्ध हुनेछ।

एप्पलले उत्तरी अमेरिका, युरोप, भारत र अन्य बजारहरूमा ईसिम सहितको आईप्याड (२०२२) ट्याब्लेटहरू बिक्री गरेको हुनाले यो घोषणा चीनको लागि मात्र हो। स्थानीय बजारमा धेरै ईसिम विकल्पहरू नभएको र आईफोनहरूमा अझै पनि भौतिक सिम कार्डहरू प्रयोग गर्ने गरिएको उल्लेख छ।

आईप्याडको फाईभजी भर्सन (२०२२) एप्पल डट कम बाट किन्दा ६४ जीबी स्लेटको लागि ४,८०० चिनियाँ युआनमा उपलब्ध रहेको छ भने वाई–फाई मात्र भएको भर्सनको लागि ३,६०० चिनियाँ युआन माथि मूल्य रहेको छ। साथै २५६ जीबी फाईभजी मोडललाई ६,००० चिनियाँ युआन मूल्य पर्ने उल्लेख गरिएको छ।

प्रकाशित: ४ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया