सानिमा बैंकको ‘मेड इन नेपाल’ योजना, डिजिटल भुक्तानीमा विशेष छुट तथा क्यासब्याक

  • Technology Khabar | ३ कार्तिक २०८०, शुक्रबार
सानिमा बैंकको ‘मेड इन नेपाल’ योजना, डिजिटल भुक्तानीमा विशेष छुट तथा क्यासब्याक

काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि “मेड इन नेपाल” चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा विशेष छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द्र तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको छ। यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्धन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने छ।

यो योजना २०८० आश्विन २७ देखि २०८० मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरुले सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४०% सम्मको छुटका साथै बैंकबाट १० प्रतिशत वा अधिकतम रु.३०० सम्मको क्यासब्याक लाभ लिन सक्ने बैंकले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार