काठमाडौं ।
नोकियाले लागत कम गर्न १४ हजार रोजगारी कटौती गर्ने भएको छ। फाइभजी उपकरणको कमजोर मागको कारण तेस्रो त्रैमासिकमा नोकियाको बिक्री २० प्रतिशत कम भएकाले छिट्टै सुधार नहुने संकेत देखिएको छ।
रोयटर्सको रिपोर्टअनुसार टेलिकम कम्पनीका लागि उपकरण उत्पादन गर्ने फिनल्याण्डको कम्पनीको सेयर २ प्रतिशतले घटेको थियो।
भेरिजोन, एटीएण्डटी, नोकिया र एरिक्सनका लागि धेरै लाभदायक बजारमध्ये एक अमेरिकामा मन्दीले उनीहरुलाई भारत जस्ता अन्य क्षेत्रहरुमा वृद्धि खोज्नका लागि बाध्य तुल्याएको छ। तर अब भारत पनि २०२३ पछि सामान्य हुने अपेक्षा गरिएको छ।
‘बजारको अवस्था वास्तवमै चुनौतीपूर्ण छ र यो तथ्यबाट थाहा हुन्छ कि हाम्रो सबैभन्दा महत्वपूर्ण बजार उत्तर अमेरिकी हो, हाम्रो कुल बिक्री तेस्रो त्रैमासिकमा ४० प्रतिशत कम छ,’ प्रमुख कार्यकारी पेक्का लुन्डमार्कले भने।
नोकियाले २०२६ सम्ममा ८०० मिलियन युरो र १.२ बिलियन युरो बीचको बचत गर्ने लक्ष्य राखेको छ।
कम्पनीले आफ्नो कर्मचारी संख्या ८६ हजार बाट ७२ हजारदेखि ७७ हजरको बिचमा वा अधिकतम १६ प्रतिशत रोजगराी कटौती गर्ने अपेक्षा गरेको छ।
नोकियाले २०२४ सम्म ४०० मिलियन युरो र २०२५ मा थप ३०० मिलियन युरो बचत गर्ने अपेक्षा गरेको छ।
प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार