टेस्ला साइबरट्रकको डेलिभरी नोभेम्बर ३० बाट सुरु हुने

  • Technology Khabar | ३ कार्तिक २०८०, शुक्रबार

काठमाडौं ।

टेस्लाले साइबरट्रक डेलिभरीहरू नोभेम्बर ३० बाट सुरु हुने बताएको छ। कम्पनीले टेक्सास गिगा फ्याक्ट्रीमा बहु प्रतिक्षित साइबरट्रक रोल आउट गर्ने तयारी गरेको छ।

शाइनी, एङ्गुलर ट्रक पहिलो पटक नोभेम्बर २०१९ को अन्त्यमा सार्वजनिक गरिएको थियो। त्यसबेला टेस्लाले दुई वर्षपछि डेलिभरी सुरु हुने बताएको थियो। यद्दपी, टाइमलाइन वर्षौंसम्म लम्बिएर आफ्नो प्रारम्भिक पूर्व उत्पादन लक्ष्य गुमाएको हो।

गिगाफ्याक्ट्री टेक्सासमा निर्मित, साइबरट्रक डेलिभरी सुरुमा सीमित संख्यामा हुने बताइएको छ। साइबरट्रकले प्रतिस्पर्धा मात्र नगरेर यसले राम्रो प्रदर्शन पनि गर्ने उल्लेख छ। कम्पनीले सार्वजनिक कार्यक्रमको क्रममा मूल्य निर्धारण घोषणा गर्ने अपेक्षा गरिएको छ।

मस्कले टेस्लाले भविष्यमा प्रति वर्ष १ लाख २५ हजार इकाइहरूको अनुमानित वार्षिक उत्पादन क्षमतासहित साइबरट्रकहरूको लक्ष्य राखेको बताए। उनले १० लाख भन्दा बढी मानिसहरूले ट्रक रिजर्भ गरेको पनि पुष्टि गरे। यद्दपी त्यो २०२४ भन्दा अघि नहुने उनले बताए।

“साइबरट्रक ती विशेष उत्पादनहरू मध्ये एक हो जुन लामो समयमा एक पटक मात्र आउँछ। र लामो समयमा एक पटक आउने विशेष उत्पादनहरू, बजारमा ल्याएर मात्रामा पुग्न, समृद्ध हुनको लागि पक्कै पनि गाह्रो हुन्छ,” मस्कले भने।

पछिल्ला केही महिनाहरूमा, सार्वजनिक स्थानहरुमा पनि साइबरट्रकहरू देखा पर्न थालेका छन्। ति सबैलाई परीक्षणका लागि आरसी वा प्रोटोटाइप भेहिकलहरूको रूपमा लेबल गरिएको छ।

साइबरट्रकको साथ, टेस्लाले नयाँ बजारमा प्रवेश गर्न मात्र नभएर प्रभुत्व जमाउन लागि परेको देखिएको छ।

प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया