ह्वावेले ६ हप्तामा १६ लाख मेट ६० प्रो ह्यान्डसेट बेच्यो

  • Technology Khabar | ३ कार्तिक २०८०, शुक्रबार
ह्वावेले ६ हप्तामा १६ लाख मेट ६० प्रो ह्यान्डसेट बेच्यो

काठमाडौं ।

ह्वावे टेक्नोलोजीले ६ हप्तामा आफ्नो मेट ६० ह्यान्डसेट १६ लाख यूनिट बिक्री गरेको छ। स्मार्टफोनको बिक्री घट्दो क्रममा रहेको अवस्थमा ह्वावे आफ्नो हाई एण्ड स्मार्टफोनको बिक्रीबाट उत्साहित देखिएको रोयटर्सले उल्लेख गरेको छ।

उक्त बिक्री मध्ये ४ लाख यूनिट पछिल्लो दुई हप्तामा आएको छ। यस अवधिमा एप्पलले आईफोन १५ सिरिज पनि सार्वजनिक गरेको थियो।

पहिलो १७ दिनमा, आईफोन १५ को बिक्री आईफोन १४ को तुलनामा ४.५ प्रतिशत कम भएको पूर्ण तथ्यांक बिना अनुसन्धान फर्म काउन्टरपोइन्टले बताएको छ।

ह्वावले अगस्टको अन्तमा आफ्नो प्रिमियम मेट ६० प्रो फोन आश्चर्यजनक सुरुवात गरेको थियो। धेरै विश्लेषकहरूले यस फोनलाई घरेलु रूपमा बनेको चिप प्रयोग गरेर निर्माण गरेको बताएका छन्। साथै कम्पनीले अमेरिकमा निर्मित टेक्नोलोजी प्रयोगमा गर्नु परिरहेको प्रतिबन्धहरूका बावजुत उत्साहजन उपब्धिको रुपमा लिइएको छ।

काउन्टरपोइन्टका वरिष्ठ विश्लेषक इभान लामले भने, ‘ह्यान्डसेटको उच्च माग छ, उपलब्ध स्टक आउँदा चाँडै खरिद गरिन्छ। जसका कारण निरन्तर अनुपलब्धताका आभास हुन्छ।’

समग्रमा विश्वव्यापी स्मार्टफोन बजार तेस्रो क्वाटरमा ८ प्रतिशतले घटेको छ।

प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • ३ कार्तिक २०८०, शुक्रबार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • ३ कार्तिक २०८०, शुक्रबार

EU tells TikTok to change ‘addictive’ design

  • ३ कार्तिक २०८०, शुक्रबार