आईप्याड मिनी ७ मा नयाँ चिप र राम्रो क्यामराका साथै अन्य थप फिचर्स थपिनसक्ने

  • Technology Khabar | ३ कार्तिक २०८०, शुक्रबार

काठमाडौं ।

सन् २०२३ को अन्त्यमा वा सन् २०२४ को सुरुवातमा अर्को पुस्ताको आईप्याड मिनी रिलिज हुने अनुमान रहेका र यो हालको मोडलमा धेरै अपग्रेडको साथ आउने अपेक्षा गरिएको छ।

नेक्स्ट–जेन आईप्याड मिनी कथित रूपमा ए१६ बायोनिक चिपद्वारा संचालित हुने जनाइएको छ भने सोही चिप आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा प्रयोग गरिएको छ। साथै यो हालको आईप्याड मिनीमा रहेको ए१५ बायोनिक चिपमा ‘मोडेस्ट अपग्रेड’ (सन्तोषजनक अद्यावधिक) हुने तर यसले आगामी आईप्याड मिनीलाई बजारको सबैभन्दा शक्तिशाली ट्याब्लेटहरू मध्ये एक बनाउने उल्लेख छ।

त्यसैगरी नेक्स्ट–जेन आईप्याड मिनीको फ्रन्ट र रियर क्यामराहरूमा पनि अपग्रेड गरिने चर्चा रहेको छ। यद्यपी क्यामराहरुमा कस्तो प्रकारको सुधारहरू रहने छन् भन्ने बारेमा भने कुनै स्पष्टता नभएको तर एप्पलले नयाँ सफ्टवेयर फिचरहरू जस्तै इमप्रुभ्ड लो–लाईट पर्फमेन्सको लागि फोटोनिक इन्जिनका साथै प्रोरेस भिडियो रेकर्डिङ र अडियो जुम पनि थप्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

एप्पलले आईप्याड मिनीको लागि नयाँ कलर अप्सन (रङ्गको विकल्पहरू) पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

त्यसका साथै केही प्रयोगकर्ताहरूले हालको मोडलको स्क्रिन टिरिङ्ग (फाट्ने) समस्याको बारेमा गुनासो गरेका हुनाले एप्पलले जेली स्क्रोलिङ कम गर्नका लागि आईप्याड मिनी ७ मा स्क्रिन एसेम्ब्ली रोटेट फिचर राख्ने अनुमान छ। आईप्याड मिनी पोर्ट्रेट ओरियन्टेसनमा हुँदा जेली स्क्रोलिङ सबैभन्दा प्रस्ट रुपमा देखा पर्ने र चर्चामा रहेको स्क्रिन रोटेशनले यस प्रभावलाई कम गर्न मद्दत गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया