फक्सकनले सार्वजनिक गर्यो टेक डेमा नयाँ ईभीको प्रोटोटाइप

Technology Khabar २ कार्तिक २०८०, बिहीबार

काठमाडौं ।

होन हाई प्रिसिजन इन्डस्ट्री कम्पनीले बुधबार ताइपेमा फक्सकनको होन हाई टेक डेमा मोडल बी कम्प्याक्ट प्रोडक्सन भर्सनसँगै नयाँ मोडल एन इलेक्ट्रिक कार्गो भ्यान प्रोटोटाइप सार्वजनिक गरेको छ।

सन् २०२० देखि विश्व बजारमा फक्सकन भनेर चिनिने ताइवानस्थित कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स उत्पादन गर्ने कम्पनीले आयोजना गरेको चौथो कार्यक्रममा अध्यक्ष यङ लिउले नयाँ मोडल एन इलेक्ट्रिक कार्गो भ्यानका साथ कम्पनीले फूल रेञ्ज प्रदर्शन गर्ने भर्टिकली एकीकृत क्षमता परम्परागत मोटर वाहन कम्पनीहरूले उपयोग गर्न सक्ने बताएको फोकसताइवानले उल्लेख गरेको छ।

लिउले भने कि होन हाईको कन्ट्र्याक्ट डिजाइन र निर्माण सेवा (सीडीएमएस) मोडल ‘अटोमोटिभ स्पेसमा कुल सोलुसन र बेस्पोक सोलुसन’ मोडेलको रूपमा ‘समय–देखि–लागतमा कटौती गर्दछ र समय–देखि–बजार छोटो छ, यो भविष्यका विद्युतीय सवारीका लागि सफलताका कारकहरू हुनेछन्।’

सीडीएमएस मोडल अन्तर्गत होन हाईद्वारा पेश गरिएका अन्य मोडलमा २०२१ मा मोडल सी (एसयूभी), मोडल ई (सेडान) र मोडल टी (शहरी बस), २०२२ मा मोडल बी (शहरी कार) र मोडल बी (पिकअप) रहेका छन्।

यस सीडीएमएस मोडलमा आधारित स्थानीय अटोमोटिभ कम्पनीहरूसँग होन हाईले जहाँ गए पनि सहयोग गरिरहेको लिउले बताए। उदाहरणका लागि मोडल बी ताइवानको लक्सजेनसँगको सहकार्य हो।

‘फक्सकन एक उत्पादन सेवा कम्पनीबाट प्लेटफर्म सोलुसन कम्पनीमा परिणत हुँदैछ,’ लिउले भने।

ईभीका लागि होन हाईका प्रमुख रणनीति अधिकारी जून सेकीले भने ईभी बजारका विकास लागि तीन प्रमुख समस्या छन्। जसमा उच्च लागत, चार्जिङ असुविधा, कम नाफा भएको उनले बताए।

प्रकाशित: २ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया