शाओमीले एमआईयूआई अपरेटिङ सिस्टमलाई हाइपरओएसले प्रतिस्थापन गर्ने

  • Technology Khabar | २ कार्तिक २०८०, बिहीबार
शाओमीले एमआईयूआई अपरेटिङ सिस्टमलाई हाइपरओएसले प्रतिस्थापन गर्ने

काठमाडौं ।

चिनियाँ प्रविधि कम्पनी शाओमीले हाइपरओएस नामक नयाँ अपरेटिङ सिस्टमको घोषणा गरेको छ।

कम्पनीका सीईओ लेई जुनले सोसल मिडिया प्लेटफर्म एक्समा सो बारेमा बुधबार लेख्दै भनेका छन्, ‘आज ऐतिहासिक क्षण हो। वर्षौंको सामूहिक काम पछि, हाम्रो नयाँ अपरेटिङ सिस्टम, शाओमी हाइपरओएस (Xiaomi HyperOS), आधिकारिक रूपमा शाओमी १४ शृङ्खलाको साथ सुरू गर्न तयार छ।

मिडिया रिपोर्टकाअनुसार शाओमीले बिस्तारै हाइपरओएसका साथमा एमआईयूआईलाई प्रतिस्थापन गर्नेछ। वा भिभोको जस्तै, कम्पनीले विभिन्न बजारहरूमा दुई फरक अपरेटिङ सिस्टमका साथ आफ्ना उपकरणहरू लन्च गर्न सक्छ। भिभोले चीनमा ओरिजिन ओएस र नेपाल लगायत विश्व बजारमा फनटच अपरेटिङ सिस्टम भएका आफ्ना डिभाइसहरू लन्च गर्ने गरेको छ।

कम्पनीका सीईओले हालसम्म नयाँ अपरेटिङ सिस्टम चीनसँगै अन्य विश्व बजारमा लन्च गर्नेबारे जानकारी दिएका छैनन्। वा यो चीनमा मात्र सीमित हुनेछ भन्ने बारेमा स्पष्ट छैन्।

एक्समा एक प्रयोगकर्ताले हाइपरओएस को विश्वव्यापी रिलीजको बारेमा सोध्दा, यसको जवाफमा, सीईओ लेई जुनले लेखे, ‘स्टे ट्युन’। यसले हाइपरओएस विश्वव्यापी बजारमा लन्च हुने भन्ने पुष्टि गर्दैन, तर सम्भावनाको संकेत गर्दछ।

प्रकाशित: २ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...