एप्पलको एम३ म्याकबुक प्रो र म्याकबुक एयर अर्को वर्ष रिलिज हुने सम्भावना

Technology Khabar २ कार्तिक २०८०, बिहीबार

काठमाडौं ।

एप्पलको एम३ म्याकबुक प्रो सन् २०२४ को सुरुवातमा आउन सक्छ भने एम३ म्याकबुक एयर त्यसको केहि महिना पश्चात आउने सटिक विश्लेषक ब्लूमबर्गका मार्क गुरम्यानले उल्लेख गरेका छन्।

मार्क गुर्मनले यस अघि नयाँ चिप फिचर गरिएको म्याकबुक एयर अक्टोबरमा लन्च गरिने सम्भावना रहेको भविष्यवाणी गरेतापनि अब उनले अर्को वसन्त र गर्मीको बीचमा “चाँडो भन्दा चाँडो“ रिलीज हुने बताएका छन्।

आफ्नो पावर अन न्यूजलेटरको पछिल्लो अंकमा गुरमानले १३ इन्च र १५ इन्चको एम३ म्याकबुक एयरहरू अब इन्जिनियरिङ भेरिफिकेसन टेस्ट (ईभीटी) चरणमा रहेको रिपोर्ट गरेका छन्। अर्कोतर्फ, एम३ म्याकबुक प्रो पनि प्रक्रियामा अगाडि बढ्दै गरेको र “मास प्रोडक्सन” (बृहत् उत्पादन) को नजिक रहेको जनाइएको छ।

गुर्मनकाअनुसार एम३ प्रो र एम३ म्याक्स चिप्स भएका १४–इन्च र १६–इन्चका म्याकबुक प्रो पनि डीभीटी (डिजाइन भ्यालिडेसन टेस्ट) चरणमा पुगेको उल्लेख छ। यसले तिनीहरूलाई “सन् २०२४ को प्रारम्भिक र वसन्तको बीचमा” रिलिजको लागि ट्र्याकमा राखेको उनले भनेका छन्।

एप्पलले गत जनवरीमा एम२ प्रो र एम२ म्याक्स चिप्सको साथ आफ्नो २०२३ म्याकबुक प्रो जारी गरेको थियो।

त्यसैगरी गुर्मनको रिपोर्टले एप्पलले यस हप्ता नयाँ आईप्याडहरू प्रस्तुत गर्नेछ भन्ने यस सप्ताहन्तको अफवाहको पनि खण्डन गरेको छ। साथै आईप्याड एयरले एम२ चिप र आईप्याड मिनीले ए१६ बायोनिकमा अपग्रेड गर्दै दुबै आईप्याड एयर र आईप्याड मिनीले चिप अपग्रेडहरू पाइरहेको सुपरचार्ज्ड र ९टू५म्याकले रिपोर्ट गरेको छ।

गुर्मनले आफ्नो रिपोर्टमा यी लाइनहरूमा अपग्रेडहरू विकासमा रहेका छन् भनी बताएको तर “मलाई कुनै महत्त्वको अद्यावधिकहरू आसन्न छन् भन्ने विश्वास छैन” भनेर लेखेको उल्लेख छ।

प्रकाशित: २ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया