नेटा भी इलेक्ट्रिक गाडी मूल्यको २० प्रतिशतमै उपलब्ध

  • Technology Khabar | १ कार्तिक २०८०, बुधबार
नेटा भी इलेक्ट्रिक गाडी मूल्यको २० प्रतिशतमै उपलब्ध

काठमाडौं ।

नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशतको डाउनपेमेण्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ। गाडी किन्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालभरका प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक, साथै नबिल बैंक बाट सहज कर्जा उपलब्ध हुनेछ।

यो योजना सिजी मोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपालभरी लागूहुने भएकोले उपरोक्त सुविधा देशभर सबै शोरुममाबाट ग्राहकहरुले लिन सक्नेछन्।

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो। जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ। जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ।

करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।

यसका साथै हाल नेटा भी मा डिक्की फुल अफर भनि ग्राहक लक्षित योजना पनि चलिरहेको छ जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकहरुलाई दिइएको जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार