पठाओ दशैं महोत्सवमा नवराज बोगटी र बिसन सिंहले जिते यामाहा रे जेडआर

Technology Khabar १ कार्तिक २०८०, बुधबार

काठमाडौं ।

‘पठाओ दशैं महोत्सव-२०८०’ को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जित्न सफल भएका छन्।

काठमाडौँ उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरि तोकिएको मापदण्ड पूरा गरेका कुल ५८५ जना मध्ये गोला प्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो।

नेपालीहरुको महान चाड दशैंको अवसरमा तीन बर्ष देखि दशैं महोत्सव गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रमको निरन्तरता दिइने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए।

बिजेता दुबैजनालाई पठाओ नेपालका असिम मान सिंह बस्न्यात र एमएडब्लु इन्टरप्राइजेज प्रालिका दिपक रौनियारले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन्।

गोला प्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सन्जाल मार्फत प्रत्यक्ष प्रशारण गरिएको जानकारी दिएको छ।

बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आवद्ध भइ करिब ३ हजार ट्याक्सी राइड पुरा गरेका चालक हुन्।

त्यस्तै बम्पर पुरस्कारका अर्का बिजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनावरी देखि पठाओमा आवद्ध भइ ५ हजार बढी वटा बाइक राइड पुरा गरेका राइडर हुन्।

उक्त दशैं महोत्सवको अफर असोज ८ गते देखि २८ गतेसम्म चलेको कम्पनीले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया