माज्दा सन् २०२५ सम्म अमेरिकामा नयाँ ईभी लन्च गर्ने योजनामा

  • Technology Khabar | १ कार्तिक २०८०, बुधबार
माज्दा सन् २०२५ सम्म अमेरिकामा नयाँ ईभी लन्च गर्ने योजनामा

काठमाडौं ।

माज्दाले सन् २०२५ सम्ममा अमेरिकामा नयाँ ईभी लन्च गर्ने योजना गरेकाे छ।

बजारमा एमएक्स- ३० को स्वागत पछि, माज्दाले नयाँ इलेक्ट्रिक मोडलहरूको यूएस प्रक्षेपणको लागि २०२५ लाई विचार गरिरहेकाे बताइएकाे हाे।

नयाँ इभीएसले विद्यमान  ग्यासाेलिन-पावर्ड भेहीकलहरूको प्लेटफर्म प्रयोग गर्ने उल्लेख छ। तिनीहरू पश्चिमी जापानको यामागुची प्रान्तको होफुमा रहेको कम्पनीको प्लान्टमा उत्पादन हुनेछन्।

प्लान्टले एउटै लाइनमा  ग्यासाेलिन, इलेक्ट्रिक र हाइब्रिड जस्ता विभिन्न प्रकारका  कारहरू उत्पादन गर्न सक्ने बताइएकाे छ।

अटोमेकरले अमेरिकामा कुन प्रकारका सवारीसाधनहरू रिलिज गर्न चाहेको भन्ने बारे  खुलासा गरेको छैन तर एसयूभीहरू बारे साेचिरहेकाे  देखिन्छ।

“अटोमोबाइल उत्पादनको उच्च लागतलाई ध्यानमा राखेर साना इभीएस बनाएर पैसा कमाउन गाह्रो छ। हामी एउटा सेग्मेण्ट हेर्दैछौँ जुन इभी खरीददारहरूलाई अपील गर्नेछ,” माज्दाका प्रमुख कार्यकारी मासाहिरो मोरोले एक अन्तर्वार्तामा भने।

नयाँ इभीएसको रिलिजले माज्दा अमेरिकी इभी बजारमा फर्किने संकेत गर्नेछ। कम्पनीले हालसालै आफ्नो एमएक्स-३० इलेक्ट्रिक एसयूभी कमजोर बिक्रीको कारण फिर्ता लिएको छ। याे २०२१ मा रिलिज भएको थियो।

अमेरिका कुल विश्वव्यापी बिक्रीको लगभग ३० प्रतिशत सहित माज्दाको सबैभन्दा ठूलो एकल बजार हो।

नयाँ मोडल  ७ हजार ५०० अमेरिकी डलरसम्मको इभी कर क्रेडिटको लागि योग्य हुनेछैन।

माज्दाको यो कदमले कम्पनीले अमेरिकी ईभी बजारमा उपस्थिति निर्माण गर्ने योजना रहेको देखाउँछ। २०३० सम्ममा यसको विश्वव्यापी बिक्रीको २५-४० प्रतिशत इभीहरुमा योगदान गर्ने लक्ष्य रहेकाे उल्लेख छ।

गत वर्ष माज्दाको इभी बिक्री यसको विश्वव्यापी बिक्रीको १ प्रतिशत भन्दा कम मात्र ७ हजार ५ सय थियो। एमएक्स-३० इलेक्ट्रिक एसयूभी जापान र युरोपमा प्रस्ताव गरिएको छ। सीएक्स-३० इलेक्ट्रिक क्रसओभर चीनमा बिक्रीमा छ।

प्रकाशित: १ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार