Technology Khabar १ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
एप्पलले वायरलेस सफ्टवेयर अपडेटहरूका लागि नयाँ इन-स्टोर उपकरण विकास गरेको छ।
ब्लूमबर्गका मार्क गुर्मनको रिपोर्टअनुसार एप्पलले “प्याड-लाइक डिभाइस” विकास गरेको जसले फ्याक्ट्री-सिल्ड आईफोनहरू ग्राहकहरूलाई बेच्नु अघि स्टोर भित्र वायरलेस रूपमा अपडेट गर्न सक्नेछ।
मेसिनले वायरलेस रूपमा आईफोन खोल्न, उपलब्ध लेटेस्ट आईओएस भर्सनमा यसको सफ्टवेयर अपडेट गर्न तथा त्यसपछि यसलाई पुन पावर डाउन गर्न सक्षम हुने बताइएकाे छ।
एप्पलले आफ्नो नयाँ सफ्टवेयर अपडेट गर्ने मेसिनहरू यस वर्षको अन्त्य अघि स्टोरहरूमा रोल आउट गर्ने योजना बनाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १ कार्तिक २०८०, बुधबार