
काठमाडौं ।
टेस्लाले आफ्नो स्थानीय रुपमा उत्पादित मोडल वाई एसयूभी चीनमा डेलिभर सुरु गरेको छ। टेस्लाले यस महिनाको सुरुमा अपडेट गरिएको एसयूभी सार्वजनिक गरेपछि चीनको शांघाई स्थित गिगाफ्याक्ट्रीमा निर्मित नयाँ मोडल वाईको डेलिभरी सुरु गरेको चिनियाँ मिडिया आउटलेट आईटी होमले उल्लेख गरेको छ।
टेस्लाले दुई हप्ता अघि थोरै एक्सटेरियर र इन्टेरियर परिवर्तन गरेर अपडेटेड मोडल वाई सार्वजनिक गरेको थियो।
टेस्लाले अपग्रेडेड मोडल वाईमा नयाँ एम्बियन्ट लाइट थपेको छ। हालै रिफ्रेस, गरिएको मोडेल ३ हाइल्याण्डमा पनि यस्तै लाइटिङ स्ट्रिप छ। अटोमेकरले एम्बियन्ट लाइटिङ स्ट्रिप थपेर मोडल वाईमा हुडको ट्रिम पनि हटाएको छ। नयाँ अपडेटमा केही छिटो एक्सेलेरेसन समय ५.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टा गतिका साथै नयाँ ब्ल्याक जेमिनी ह्वील रहेको छ।
अपग्रेडका बावजुट टेस्लाले यसको बेस लेबल मोडल वाईको मूल्य अघिल्लैकै समान ३६ हजार १३० अमेरिकी डलर सुरुवाती मूल्य तोकेको छ। हाल नयाँ बेस लेबल मोडेल वाई उत्तर अमेरिकामा उपलब्ध छैन। यो गिगा सांघाईमा निर्माण भइरहेको छ। यो अमेरिकामा उपलब्ध हुन्छ कि हुँदैन भन्ने अझैसम्म प्रस्ट छैन।
प्रकाशित: ३० आश्विन २०८०, मंगलवार