टिएसएमसीले सरकारी अनुदानमा दोस्रो जापानी प्लान्टमा अत्याधुनिक चिपसेट उत्पादन गर्ने

Technology Khabar ३० आश्विन २०८०, मंगलवार

काठमाडौं ।

ताइवान सेमीकन्डक्टर उत्पादन कम्पनी (टिएसएमसी)ले सरकारी अनुदानको साथ दोस्रो जापानी प्लान्टमा अत्याधुनिक चिप्स उत्पादन गर्ने भएकाे छ।

आफ्नो सेमीकन्डक्टर उद्योगलाई बलियो बनाउनका लागि टीएसएमसीले जापानको दोस्रो प्लान्टमा ६ नानोमिटर चिपहरू उत्पादन गर्न तयार रहेकाे बताएकाे हाे।

दक्षिणपश्चिम जापानको टीएसएमसीको कुमामोटो साइटमा अवस्थित यो नयाँ फ्यासिलिटी १३.३ बिलियन अमेरिकी डलरको कुल लगानीका साथ सुरु गर्ने भएकाे छ। जापानी अर्थतन्त्र, व्यापार र उद्योग मन्त्रालयले यस भेन्चरलाई समर्थन गर्न ६ बिलियन डलरसम्मको अनुदानको लागि विचार गरिरहेको उल्लेख छ।

उक्त उन्नत ६ नानोमिटर चिपहरूले जापानको लागि महत्त्वपूर्ण कदम हुने छ। यसले हाल ४० नानोमिटर रेन्जमा चिपहरु उत्पादन गर्ने बताइएकाे छ। अत्याधुनिक चिपहरूको माग विशेष गरी ५जी र आर्टिफिसियल इन्टिलिजेन्स एप्लीकेसनहरुका लागि, विश्वव्यापीरूपमा द्रुतरूपमा बढिरहेको बताइएकाे छ।

दोस्रो प्लान्टको निर्माण ठूलो उत्पादनका साथ २०२७ मा सुरु हुने अपेक्षा गरिएको छ। टीएसएमसीले ६ नानोमिटर र १२ नानोमिटर लजिक सेमीकन्डक्टरहरू उत्पादन गर्दै प्रति महिना लगभग ६० हजार इकाइहरू उत्पादन गर्ने लक्ष्य राखेको छ। सोनी समूह लगायतका प्रमुख ग्राहकहरू यस उत्पादनबाट लाभान्वित हुन तयार रहेका छन्।

प्रकाशित: ३० आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया