इजरायल हमास युद्धको गलत सूचना विरुद्ध टिकटकको कारबाही

  • Technology Khabar | २९ आश्विन २०८०, सोमबार
इजरायल हमास युद्धको गलत सूचना विरुद्ध टिकटकको कारबाही

काठमाडौं ।

टिकटकले इजरायलमा हमासको आक्रमणपछि ईयुले प्लेटफर्मलाई चेतावनी दिएसँगै डिसइन्फर्मेसन (गलत सूचना)को विरुद्धमा “तुरुन्तै“ कारबाही गरेको बताएको छ।

ईयुले टिकटकका सीईओ शाउ जि च्युलाई ‘तत्काल कदम चाल्न’, र २४ घण्टा भित्र ‘स्पेल आउट’ गर्न आह्वान गरेको थियो। टिकटकले युरोपेली कानूनको पालना कसरी गरिरहेको छ भनेर ईयुले शुक्रबार प्रश्न सोधेको बीबीसीले उल्लेख गरेको छ।

सामाजिक सञ्जाल फर्महरूले द्वन्द्वको बारेमा छेडछाड गरिएको इमेज र गलत लेबल गरिएका भिडियो लगायत गलत सूचनामा वृद्धि देखेका छन्।

टिकटकले ‘उल्लंघनकारी सामग्री र अकाउन्टहरु’ हटाएको बताएको छ।

‘हामीले तुरुन्तै हाम्रो समुदायको सुरक्षा र हाम्रो प्लेटफर्मको अखण्डता कायम राख्न मद्दत गर्न महत्वपूर्ण स्रोत र कर्मचारीहरू परिचालन गर्यौं,’ कम्पनीले आइतवार एक विज्ञप्तिमा भनेको छ।

कम्पनीलाई शक्रुबार लेखिएको पत्रमा ईयुका आयुक्त थियरी ब्रेटनले टिकटकलाई युवाहरूमाझ यसको लोकप्रियता र ‘बालबालिका र किशोरकिशोरीहरूलाई हिंसात्मक सामग्री र आतंकवादी प्रचारका साथै मृत्युका चुनौतीहरू र सम्भावित जीवन–धम्कीपूर्ण सामग्रीबाट जोगाउन’ चेतावनी दिए।

ईयुले एक्स, युट्युब, मेटाको फेसबुक र इन्स्ट्राग्रामलाई मिसइनफर्मेसनका लागि यस्तै प्रकारको चेतावनी दिँदै २४ घण्टाको म्याद दिएको थियो।

चिनियाँ फर्म बाईडान्सको स्वामित्वमा रहेको टिकटकले गलत सूचना र घृणित सामग्री विरुद्ध लड्न आफ्नो वेबसाइटमा लिइएको कार्यहरू सूचीबद्ध गरेको छ।

टिकटकले कमाण्ड सेन्टर सिर्जना गरेको छ। ग्राफिक र हिंस्रक सामग्री हटाउनको लागि आफ्नो स्वचालित पत्ता लगाउने प्रणाली बढाएको र अरबी र हिब्रु बोल्ने अधिक मोडरेटर थपेको टिकटकले जानकारी दिएको छ।

‘हामी हिंसा भड्काउने वा घृणित विचारधारा फैलाउने प्रयासलाई सहने छैनौं,’ टिकटकले भन्यो, ‘हामीसँग हिंसात्मक र घृणित संगठनहरू र व्यक्तिहरूको प्रशंसा गर्ने सामग्रीको लागि शून्य–सहिष्णुता नीति छ, र ती संस्थाहरू र व्यक्तिहरूलाई हाम्रो प्लेटफर्ममा अनुमति छैन। टिकटक आतंकवादको बिरूद्ध खडा छ। गत हप्ता इजरायलमा भएको आतंककारी कार्यबाट हामी स्तब्ध भएका छौं। गाजामा फैलिएको तीव्र मानवीय संकटबाट दुःखी छौं।’

ईयुले अगस्ट २०२३ मा ल्याएको नयाँ कानुनले अनलाइन अनुमति सामग्रीको प्रकारलाई नियमन गर्छ।

 

प्रकाशित: २९ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २९ आश्विन २०८०, सोमबार