अमेरिकामा जीएमको ब्याट्री प्लान्टको लागि २ लाख ७० हजार डलर जरिवाना प्रस्ताव

  • Technology Khabar | २९ आश्विन २०८०, सोमबार
अमेरिकामा जीएमको ब्याट्री प्लान्टको लागि २ लाख ७० हजार डलर जरिवाना प्रस्ताव

काठमाडौं ।

अमेरिकाले जनरल मोटर्स (जीएम) र एलजी इनर्जी सलुसनको ओहायोको संयुक्त उद्यम ब्याट्री प्लान्टलाई सुरक्षा र स्वास्थ्य उल्लंघनको लागि २ लाख ७० हजार अमेरिकी डलर जरिवाना प्रस्ताव गरेको छ।

अक्युपेशनल सेफ्टी एण्ड हेल्थ एडमिनिस्ट्रेशन (ओएसएचए) अनुसन्धानकर्ताहरूले मार्चमा अल्टियम सेल प्लान्टमा विस्फोट र आगलगाीको जाँच गरेको थियो। प्लान्टमा १९ ओटा सुरक्षा र स्वास्थ्य उल्लंघन भएको र ती मध्ये १७ गम्भीर रहेको एजेन्सीले जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।

ओएसएचए निरीक्षकहरूले कम्पनीले कर्मचारीहरूलाई सुरक्षा र आपतकालीन प्रतिक्रियाका लागि तालिम दिन असफल भएको र व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको प्रयोगको लागि संघीय मापदण्डहरूको पालना नगरेको पाएका थिए।

अल्टियम सेल्सले बिहीबार भनेको छ, ‘सुरक्षालाई गम्भीरताका साथ लिएको छ र ओएसएचएसँग सुनुवाइको लागि अनुरोध गरेको छ, जुन यस प्रक्रियाको अर्को चरण हो।’

ओएसएचएले यस खतराका लागि कम्पनीलाई चेतावनी पत्र जारी गरेको बताएको छ। जसमा कम्पनीले स्वेच्छिक रूपमा धातुको धुलोको संचय कम गर्न र कर्मचारीहरूलाई असुरक्षित धातुको धुलोको जोखिमबाट जोगाउन आग्रह गरिएको छ।

‘भविष्यमा कम्पनीको फोकसले आफ्ना कर्मचारीहरूको भलाइ सुनिश्चित गर्न कार्यस्थल सुरक्षामा जोड दिनुपर्दछ,’ क्लिभल्याण्डमा ओएसएचए क्षेत्र निर्देशक होवर्ड एबर्ट्सले भने।

युनाइटेड अटो वर्कर्सका अध्यक्ष शान फाइनले भने कि युनियनले ‘अल्टियम र यी उच्च जोखिम, उच्च-दक्ष ईभी ब्याट्री सञ्चालनको बारेमा महिनौंदेखि चेतावनी दिँदै आएको छ। यो खतरनाक काम हो जुन राम्रोसँग क्षतिपूर्ति पाउन योग्य छ।’

ओएसएचएले भने कि अल्टियमले आवश्यक मेसिन गार्डिङ स्थापना गर्न, खतरनाक ऊर्जा नियन्त्रण र आपतकालीन प्रक्रियाहरूमा कामदारहरूलाई तालिम दिन र अन्य परिवर्तनहरू गर्न आवश्यक छ।

कार्यस्थल सुरक्षा एजेन्सीले २७ जुनको आगलागी र तीन ओटा सोधपुछ पछि अल्टियम सुविधामा एउटा खुला निरीक्षण गरेको छ। जसमा एउटा रिर्पोट पनि समावेश जसमा कम्पनीको अगस्टमा प्रेसर गज असफल भएपछि कामदारहरु केमिकलको सम्पर्कमा आएका थिए। जसको परिणामस्वरुप ब्याट्री स्लरी (घोल) भुइँमा लीक भएको थियो।

ओहियोमा २०२२ देखि ब्याट्री सेल उत्पादन सुरु भएको हो।

प्रकाशित: २९ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार