अनलाईन डेलिभरी प्लेटफर्म ‘फेब बड’ सञ्चालनमा

  • Technology Khabar | २९ आश्विन २०८०, सोमबार
अनलाईन डेलिभरी प्लेटफर्म ‘फेब बड’ सञ्चालनमा

काठमाडौं ।

व्यवसायीदेखि ग्राहकसम्मको समस्यालाई मध्यनजर गर्दै अनलाईन डेलिभरी प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ। हाल बजारमा देखिएको डेलीभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको बताईएको छ।

यस डेलिभरी सर्भिसमार्फत व्यवसायीले सहि समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरुलाई भरपर्दो र छिटो सामान पठाउनुसक्ने उल्लेख छ । यस्तै, ग्राहकहरुले पनि आफूले भनेकै समयमा डेलिभरी लिई फेब बडको सर्भिसको लाभ लिनसक्ने कम्पनीले जानकारी दिएको छ।

फेब बड एक हाइपरलोकल डेलिभरी प्लेटफर्म हो जहाँ हामी उपत्यकाभर विभिन्न सर सामानको डेलिभरी गर्दछौँ । जुन दुवै तिर वास्तविक समय तचबअपष्लन को साथ न्यूनतम समयमै हुन्छ।

यस प्लेटफर्मले कुनै पनि समयमा पिकअप, तत्काल वितरण, किफायती वितरण शुल्क र उही दिन क्यास अन डेलिभरी लगायत विभिन्न सेवा प्रदान गर्ने कम्पनीले भनेको छ।

यसका साथै यदि डेलिभरीमा केहि नगद छ भने, फेब बड सवारले सो रकम संकलन गरेर तपाईंको इसेवा, खल्ती, बैंकलगायत अन्य विभिन्न सेवाहरुमा एकै दिनमा रकम स्थानान्तरण गर्ने जनाएको छ।

प्रकाशित: २९ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार