क्यामरा जायन्ट लाइकाको जेडएम ११ सिरिजको प्रिमियम मेकानिकल वाच लन्च

  • Technology Khabar | २९ आश्विन २०८०, सोमबार
क्यामरा जायन्ट लाइकाको जेडएम ११ सिरिजको प्रिमियम मेकानिकल वाच लन्च

काठमाडौं ।

फोटोग्राफी टर्फमा आफ्नो लागि एउटा स्थान बनाएको जर्मन क्यामरा जायन्ट ‘लाइका’ ले अन्य क्षेत्रहरूमा पनि लगानी गरेको छ। जसमार्फत कम्पनीले ‘लाइका लिट्ज फोन मोडलहरू’ समावेश भएको स्मार्टफोन्स, ‘सिने १’ को साथ प्रोजेक्टर्स र कम्पनीको अवस्थित ‘जेड सिरिज वाचेस’ (घडीहरू) का मेकानिकल रिष्टवाचेस (नाडी घडीहरू) समावेश रहेका छन्।

अब कम्पनीले आफ्नो ब्रान्डको लोगोलाई नयाँ वाच मोडल लाइका जेडएम ११ सिरिजमा थपेको छ। कम्पनीले स्मार्टफोन र अन्य लाइका क्यामराबाट प्रिन्टिङलाई समर्थन गर्ने नयाँ इन्स्ट्यान्ट क्यामरा अनावरण गरेलगत्तै यो नयाँ मेकानिकल वाच आएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

मेकानिकल वाचको विशेषताहरु

जेडएम ११ सिरिज डबल–लेयर डायल डिजाइनमा आउने र यसले भ्यूईङ्ग एंगलमा आधारित सब्टल कलर (सूक्ष्म रङ्ग) ग्रेडियन्टहरू प्रस्तुत गर्ने उल्लेख गरिएको छ। साथै टाइम स्केल पनि सुपर–लुमिनोभा ए१ पेन्टले सजिएको र हाईली लुमिनस (अत्यधिक उज्यालो) रहेको उल्लेख छ। वाचका ह्याण्डस् (हातहरू) डायमण्ड–सेप्ड कटिङ्गबाट बनेकाले सुन्दर डिजाइनको संकेत गर्ने थप उल्लेख गरिएको छ।

लाइका क्यालिबर एलए–३००१ मुभमेन्टलाई संयुक्तरूपमा लाइका र एक स्विस कम्पनी क्रोनोडद्वारा विकसित गरिएको थियो। यसको प्रति दिन –४/+६ सेकेन्डको एक्यूरेसी (सटीकता) रहेको र ३५ जेम्ससँग सेट गरिएको जनाइएको छ। लाइका जेडएम ११ मा ६० घण्टाको पावर रिजर्भ हुनुका साथै रबर, फ्याब्रिक (कपडा), टाइटेनियम र स्टेनलेस स्टील सहित धेरैओटा स्ट्र्याप अप्सन्स (पट्टा विकल्पहरू) प्रदान गर्ने उल्लेख गरिएको छ।

जेडएम ११ सिरिज नोभेम्बर २०२३ को अन्त्यमा विश्वव्यापी रूपमा तोकिएका लाइका स्टोरहरूमा रिलिज गरिने जनाइएको छ।

साथै लाइका जेडएम ११ सिरिज वाचेजको मूल्य ७,१२० अमेरिकी डलरदेखि ८,६३८ अमेरिकी डलरको बीचमा रहने उल्लेख गरिएको छ।

प्रकाशित: २९ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...