
काठमाडौं ।
ह्वावेले नोभा सिरिज अन्तर्गत आफ्नो घरेलु बजारमा नयाँ मिड-रेन्ज स्मार्टफोनहरू लन्च गर्ने तयारी गरिरहेको छ। यी नयाँ स्मार्टफोनहरूलाई नाेभा १२ र नाेभा १२ प्राे भनिनेछ, जुन ह्वावेको इन-हाउस किरिन चिप्सद्वारा संचालित हुने चर्चा छ।
वेइबाेकाे नयाँ लीकले अब यी दुबै डिभाइसहरूको मुख्य विशेषताहरू प्रकट गरेको छ।
यो लीक टिपस्टर मूरिश स्काईबाट आएको हो, जसले ह्वावे नोभा १२ र १२ प्रो मोडेलहरूमा ह्वावेको कुनलुन ग्लासद्वारा सुरक्षित १२० हर्ट्जको रिफ्रेस रेट डिस्प्ले फिचर गर्ने बताएका छन्।
यस अन्तर्गत, प्रो मोडेलले किरिन ९००० फिचर गर्नेछ जुन ह्वावे मेट ६० प्राे, मेट एक्स ५ फाेल्डेबल र मेट प्याड प्राे १३.२ मा रहेको उल्लेख छ। अर्कोतर्फ, नोभा १२ मा नयाँ किरिन ८३० मिड-रेन्ज चिप रहने बताइएको छ। भ्यानिला मोडलमा ८८ वाट फास्ट चार्जिङको साथ ४८०० एमएएच ब्याट्री रहेको छ।जबकि प्रो मोडलमा १०० वाट फास्ट चार्जिङको साथ ४,९०० एमएएच ब्याट्री हुने बताइएकाे छ।
क्यामरा सेटअपको लागि, भेनिला मोडेलमा ८ एमपी सेन्सर र १२ एमपी सेन्सरसँग जोडिएको ५० एमपी प्राइमरी क्यामरा रहेको खुलासा गरिएको छ। अर्कोतर्फ, प्रो मोडल दुई ५० एमपी सेन्सरहरूसँग आउनेछ, सम्भवतः प्राथमिक र अल्ट्रावाइड क्यामराहरूको लागि, १२ एमपी सेन्सरसँग जोडिएको गिज्माेचाइनाको रिपोर्टमा उल्लेख छ।
दुबै स्मार्टफोनहरूमा ६० एमपी सेल्फी सेन्सरमार्फत फोरके भिडियोहरू शूट गर्न सक्षम हुनेछ। नोभा १२ प्रो मा अगाडि एक अतिरिक्त क्यामरा सेन्सर पनि हुने बताइएकाे छ। दुबै स्मार्टफोनहरूले टू-वे म्यासेजीङ मार्फत भूउपग्रह जडान सुविधा दिने उल्लेख छ।
प्रकाशित: २९ आश्विन २०८०, सोमबार