
काठमाडौं ।
अर्को वर्षको आईफोन १६ सिरिजका बारेमा नयाँ जानकारीहरु आईरहेको छ। साथै एक प्राविधिक विश्लेषक जेफ पुले आईफोन १६ प्रो र प्रो म्याक्समा समावेश गरिने केही प्रमुख फिचर्सहरूको विवरण दिएको उल्लेख गरिएको छ।
आगामी वर्षको प्रो आईफोनहरूमा वाईफाई ६ई रहेको आईफोन १५ प्रो मोडलहरू भन्दा माथिको वाईफाई ७ कनेक्टिभिटी प्राप्त गर्ने उल्लेख छ।
त्यसैगरी १६ प्रो र प्रो म्याक्समा क्वालकम स्न्यापड्रागन एक्स७५ मोडेम पनि प्राप्त गर्नेछन् भने यसले गर्दा आईफोन १५ जेनेरेसनमा पाइने एक्स७० को तुलनामा आईफोन १६ सिरिजले राम्रो ब्याट्री लाईफका साथसाथै फास्टर फाइभजी डाउनलोड स्पीड पनि प्रदान गर्नेछ।
१६ प्रो को दुबै मोडलहरूमा अपडेटेड ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामराहरू रहने भने १६ प्रोमा आईफोन १५ प्रो म्याक्समा रहेको जस्तै ५एक्स अप्टिकल जुम सहितको १२ मेगापिक्सेलको टेट्रा–प्रिज्म लेन्स रहनेछ।
त्यसैगरी १६ प्रो मा ६.३ इन्चको स्क्रिन फिचर गरिने अपेक्षा गरिएको छ भने १६ प्रो म्याक्स सम्भवतः ६.९ इन्चको प्यानलका साथ आउने भएकाले आगामी आईफोन प्रोको ठूला आयामहरूको कारणले नयाँ जुम सेन्सर राखिने छ।
त्यसका साथै भ्यानिला आईफोन १६ मा १५ प्रो र १५ प्रो म्याक्समा पाइने ए१७ प्रो चिपको कम शक्तिशाली संस्करणको साथ ८जीबी र्याम र आईफोन १५ को जस्तै डुअल क्यामरा अनि वाईफाई ६ई मा सानो अद्यावधिक गरेर ल्याउने जेफ पुको विश्वास छ।
प्रकाशित: २९ आश्विन २०८०, सोमबार