ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ: कांग्रेस महामन्त्री थापा

  • Technology Khabar | २८ आश्विन २०८०, आईतवार
ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ: कांग्रेस महामन्त्री थापा

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ई–स्पोर्टसमा राज्यले लगानी गनुपर्ने बताएका छन्।

नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले यहाँ आयोजना गरेको ई–स्पोर्टस (पब्जी मोबाइल) प्रतियोगिताको समापन खेलका अवसरमा महामन्त्री थापाले विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसलाई राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।

“यो युग विज्ञान र प्रविधिको युग हो, युवाको रोजाइमा रहेको विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ”, उनले भने। उनले पछिल्लो समय ई–स्पोर्टसप्रति नयाँ पुस्ताको सहभागिता बढेकाले नेविसङ्घ काठमाडौँले यसलाई अगाडि बढाएकोमा धन्यवाद दिए।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नेविसङ्घले युवाबीचमा लोकप्रिय पब्जी प्रतियोगिता आयोजना गरेर सराहनीय काम गरेको बताए। उनले पब्जी खेलको महत्व विस्तारै समाजले बुझ्दै गएको उल्लेख गरे।

कूल १६ टिम रहेको उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु एक लाख ४० हजार, रु ९० हजार र रु५० हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको नेविसङ्घ काठमाडौँका अध्यक्ष मनिष डङ्गोलले जानकारी दिए। रासस

प्रकाशित: २८ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...