एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्समा क्वालकम स्न्यापड्रागन एक्स ७५ मोडेम प्रयोग गर्ने

  • Technology Khabar | २८ आश्विन २०८०, आईतवार
एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्समा क्वालकम स्न्यापड्रागन एक्स ७५ मोडेम प्रयोग गर्ने

काठमाडौं ।

आईफोन १६ सिरिज आउनका लागि अझै एक वर्ष बाँकी रहेतापनि आगामी डिभाइसहरूको बारेमा चर्चाहरू अहिलेबाट नै प्रसारित हुन थालेका छन्।

हाइटोङ्ग इन्टरनेशनल सेक्युरिटीजका विश्लेषक जेफ पुको नयाँ रिपोर्टका अनुसार एप्पलले आइफोन १६ प्रो र प्रो म्याक्स मोडलहरूमा क्वालकमको पछिल्लो स्न्यापड्रागन एक्स७५ मोडेम प्रयोग गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा घोषणा गरिएको स्न्यापड्रागन एक्स७५ मोडेम हालको आईफोन १५ लाइनअपमा प्रयोग हुने स्न्यापड्रागन एक्स७० मोडेम भन्दा छिटो र यसले थप इफिसियन्ट फाइभजी कनेक्टिभिटी प्रदान गर्ने उल्लेख छ। साथै यसमा सानो फुटप्रिन्ट पनि रहेको र लगभग २० प्रतिशत पावर खपत कम गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्स मोडलमा मात्र स्न्यापड्रागन एक्स७५ मोडेम प्रयोग गर्ने पुले सुझाव दिएका छन्। स्ट्याण्डर्ड आईफोन १६ र १६ प्लस मोडलहरूमा भने स्न्यापड्रागन एक्स७० मोडेम यथावत रहने अपेक्षा गरिएको छ।

कम्पनीले सामान्यतया आईफोनको प्रत्येक जेनरेसनका लागि सबै मोडलहरूमा समान क्वालकम मोडेम प्रयोग गरेको हुनाले एप्पलको लागि भने यो नयाँ मोडेम रणनीतिमा परिवर्तन हुने उल्लेख गरिएको छ।

एप्पलले आईफोन १६ लाइनअपमा भिन्न मोडेमहरू प्रयोग गर्नका लागि किन छनोट गर्यो भन्ने बारेमा भने अस्पष्टता रहेको जनाइएको छ। यद्यपि, कम्पनीले बेसलाइन आईफोनहरूबाट प्रो र प्रो म्याक्स मोडलहरूलाई अझ फरक बनाउने प्रयासका लागि यसो गरेको हुनसक्नेछ।

त्यसैगरी आईफोन १६ प्रो र प्रो म्याक्स मोडलहरूमा ठूला डिस्प्लेहरू समावेश गरिने र उक्त डिस्प्लेहरू हालको ६.१– र ६.७–इन्च आकारहरू भन्दा ०.२ इन्च बढी मापन गर्ने पुले थप रूपमा उल्लेख गरेका छन्।

प्रकाशित: २८ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार