पर्यटकीय क्षेत्र सुकेटारमा सीसी क्यामरा जडान

  • Technology Khabar | २७ आश्विन २०८०, शनिबार
पर्यटकीय क्षेत्र सुकेटारमा सीसी क्यामरा जडान

काठमाडौं ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका –६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सीसी क्यामरा जडान गरिएको छ । सुकेटार क्षेत्रको शान्ति सुरक्षा समेतलाई दृष्टिगतगरी सीसी क्यामरा जडान गरिएको हो।

फुङ्लिङ नगरपालिका –६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँचओटा सीसी क्यामरा जडान गरिएको वडाअध्यक्ष मदन गुरुङले जनकारी दिए। वडाध्यक्ष गुरुङका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सीसी क्यामरा जडान गरिएको छ। आवश्यकताअनुसार सीसी क्यामेरा थप गर्ने योजना रहेको उनको भनाइ छ।

यस्तै, सुकेटारमा फोहोरमैला बिसर्जन गर्न ३० ओटा डस्टविन (फोहोर दानी) राखिएको पनि वडा कार्यालयले जनाएको छ।

प्राय, आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुनेगरेको छ। गोरखापत्रबाट

प्रकाशित: २७ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...