भारतमा बीच सडकमै टाटा नेक्सन ईभीको ब्याट्री सकियो, इलेक्ट्रिक स्कुटरले धकेलेको भिडियो भाइरल

  • Technology Khabar | २७ आश्विन २०८०, शनिबार
भारतमा बीच सडकमै टाटा नेक्सन ईभीको ब्याट्री सकियो, इलेक्ट्रिक स्कुटरले धकेलेको भिडियो भाइरल

काठमाडौं ।

भारतमा बीच सडकमै टाटा नेक्सन ईभीको ब्याट्री सकिएको छ। ब्याट्री सकिएको टाटा नेक्सन ईभी इलेक्ट्रिक स्कुटरले ठेलेको भिडियो बाहिर आएको छ।

एथर इनर्जीले यो भिडियो सोशल मिडियामा सेयर गरेको छ।

ड्राइभस्पार्कका अनुसार यो भिडियो भारतको कर्नाटकको हो। दुबै इलेक्ट्रिक गाडीमा कर्नाटकको नम्बर प्लेट देखिएको छ। बीच सडकमै टाटा नेक्सन ईभीको ब्याट्री सकिए पनि एक इलेक्ट्रिक स्कुटरको चालकले कारलाई ठेलेर ट्राफिक बाहिर ल्याउन मद्दत गरिरहेको भिडियोमा देखिन्छ।

एथर इनर्जीका अनुसार यो इलेक्ट्रिक स्कुटर एथर ४५०एक्स हो। यसलाई भारतीय बजारमा प्रिमियम स्कुटरको रुपमा बिक्री गरिदै आएको छ। सोशल मिडयामा भाइरल भएको उक्त भिडियामा प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।

टाटा नेक्सन ईभी एसयूभी ३० किलोवाट आवर र ४०.५ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ। कम्पनीका अनुसार यी दुबै ब्याट्रीको रेञ्ज ३२५ किलोमिटर र ४६५ किलोमिटर छ।

कारको ब्याट्री एसी होम चार्जर मार्फत साढे १० घण्टा र डीसी फास्ट चार्जर मार्फत ५६ मिनेटमा फुल चार्ज गर्न सकिन्छ।

प्रकाशित: २७ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार