
काठमाडौं ।
अझै पनि थ्रीजी सेवाहरू प्रदान गर्ने हंगेरीको अन्तिम अपरेटर, येटेल हंगेरीले आफ्नो अन्तिम ३जी बेस स्टेशनहरू नोभेम्बर १३ मा बन्द गर्ने भएको छ।
यसका साथमा हंगेरीमा लगभग २० वर्षको थ्रीजी सेवाको अन्त्य हुनेछ।
सन् २०२१ डिसेम्बरमा, सरकारले मोबाइल नेटवर्क अपरेटरहरू (एमएनओज) सँग २जी र थ्रीजी सेवाहरू २०३३ सम्ममा चरणबद्धरूपमा बन्द गर्ने सम्झौता गरेको थियो।
यसअघि नै अन्य सेवा प्रदायकहरुले थ्रीजी सेवाहरु देशमा बन्द गरेका थिए।
प्रकाशित: २७ आश्विन २०८०, शनिबार