Technology Khabar २७ आश्विन २०८०, शनिबार
काठमाडौं ।
चिनियाँ स्वायत्त ड्राइभिङ टेक्नोलोजी स्टार्टअप हाओमो डट एआईले स्मार्ट ड्राइभिङलाई बढावा दिन किफायती एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम किटहरू अनावरण गरेकाे छ।
ग्रेट वाल मोटरद्वारा समर्थित चिनियाँ स्वायत्त ड्राइभिङ टेक्नोलोजी स्टार्टअप हाओमो डट एआईले चीनको स्मार्ट ड्राइभिङ उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) किटहरूको एक नविनतम श्रृंखला ल्याएको हो।
९औं एआई दिवस कार्यक्रममा अनावरण गरिएका, तीन ओटा किटहरू – एचपी १७०, एचपी ३७०, र एचपी ५७० कम लागतमा आउनेछ, जसले इन्टेलिजेन्ट ड्राइभिङ फिचरहरूको व्यापक प्रयोगलाई तीव्रता दिने वाचा गरेकाे बताइएकाे छ।
हाओमो डट एआईको एडिएएस किटहरू, जसको मूल्य ४१० अमेरिकी डलरदेखि शुरु रहेको छ, स्मार्ट ड्राइभिङ प्रविधिको अवरोधहरूलाई नाटकीय रूपमा कम गर्ने गिज्माेचाइनामा उल्लेख छ।
हाओमो डट एआईको एडिएएस किटहरू टप ५ देखि १०० टप सम्मको कम्प्युटिङ पावर र एक साेफिस्टिकेटेड सेन्सर सिस्टमको साथ, यी किटहरूले हाइ-डेफिनेसन म्यापमा भरोसा नगरी बलियो सहायताको प्रतिज्ञा गर्दछ।
यो आविष्कारले सन् २०२५ सम्ममा चीनमा स्मार्ट ड्राइभिङ सुविधाहरूको अपेक्षित ७० प्रतिशत प्रवेशलाई क्यापिटलाइज गर्ने हाओमोको दृष्टिकोणसँग मेल खान्छ।
हाओमो डट एआईका अध्यक्ष झाङ काईले सेकेन्ड जेनेरेसनको एचपाइलट प्यासेन्जर कार एडिएएस उत्पादनहरू २०२३ र २०२४ मा उत्पादन सवारी साधनहरूमा इन्टिग्रेट हुने बताए।
हाओमो डट एआईले चीनमा लेभल २ र माथिका एसीस्टेड ड्राइभिङ फिचरहरूको पहुँच बढाउन द्रुत रूपमा बढ्दो स्मार्ट ड्राइभिङ बजारलाई लक्षित गर्न यी किफायती समाधानहरूको लाभ उठाउने लक्ष्य राखेको बताइएकाे छ।
प्रकाशित: २७ आश्विन २०८०, शनिबार