Technology Khabar २६ आश्विन २०८०, शुक्रबार
काठमाडौं ।
ह्वावेले हार्मोनी ओएस ४ सफ्टवेयर पुरानो अनर मोडलहरूमा रोलआउट गर्ने भएकाे छ। केही पुराना अनर स्मार्टफोनहरूले चाँडै हार्मोनी ओएस ४ अपडेट पाउनेछन्।
सुरुमा आफ्नो हार्मोनी ओएस ४ अपग्रेड लिस्ट अनावरण गरेपछि, केहि प्रयोगकर्ताहरू अनर डिभाइसहरू पछाडि पारिकाे भन्दै चिन्तित भएका थिए ।
ह्वावेले यद्यपि, अनरको पुरानो मोडलहरूमा हार्मोनी ओएस ४ लाई अनुकूलन गर्ने समयतालिका जारी गरेर धेरैलाई छक्क पारेकाे छ।
अपडेट प्राप्त गर्ने मोडलहरूमा अनर ३०, अनर ३० प्रो, अनर ३० प्रो प्लस, अनर भी ३०, अनर भी ३० प्रो, र अनर प्ले ४ प्रो समावेश छन्। यी मोडलका प्रयोगकर्ताहरूले हार्मोनी ओएस ४ बिटा अपग्रेडको लागि “माई ह्वावे” मार्फत आवेदन दिनसक्ने गिज्माेचाइनाले रिपोर्ट गरेको छ।
हार्मोनी ओएसले संस्करण २.० देखि ४.० सम्म केही वर्षहरूमा प्रगति गर्दै, प्रयोगकर्ता अनुभवमा उल्लेखनीय सुधार गर्दै प्रभावशाली विकास देखाएको छ। यो वृद्धिले स्मार्टफोन बजार अब एन्ड्रोइड र आईओएसमा मात्र सीमित नभएकाे देखाएकाे बताइएकाे छ।
हार्मोनी ओएस ४ ले लन्च भएको दुई हप्ता भित्र ५० लाख प्रयोगकर्ताहरूसँग, पहिलो दिनमा १० लाखसहित, द्रुत रूपमा अपनाएको देखिएकाे छ। यसले व्यक्तिगत विषयवस्तुहरू, एक इन्हान्स्ड नाेटिफिकेसन सेन्टर, र रियल-टाइम अलर्टहरूको लागि “लाइभ विन्डो” सुविधा प्रदान गर्छ।
प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार