Technology Khabar २६ आश्विन २०८०, शुक्रबार
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावे ५.५ जी नेटवर्कको साथ कनेक्टिभिटीको दौडमा अगाडि बढ्ने योजनामा छ।
संसार अझै ५जी प्रविधि सुरुवाती चरणमा रहेका बेला, ह्वावे टेक्नोलोजीहरू पहिले नै ५.५ जी नेटवर्कको परिचयको साथ अर्को छर्लांगमा रहेको उल्लेख छ।
दुबईमा एक समारोहमा घोषणा गर्दै, ह्वावेले चाइना मोबाइल, चाइना टेलिकम, र चाइना युनिकम, साथै संयुक्त अरब इमिरेट्स र साउदी टेलिकम्युनिकेसन कम्पनीलगायत धेरै दूरसञ्चार कम्पनीहरूसँग साझेदारी गरेको बताएकाे छ।
ह्वावेले नयाँ प्रविधिले हालको नेटवर्कको दश गुणा गति, कम विलम्बता, र कुशल पावर उपयोग प्रदान गर्ने दाबी गरेकाे छ। ५.५ जीको व्यक्तिगत उपभोक्ताहरूको लागि मात्र नभएर, यी अपग्रेडहरू विभिन्न उद्योगहरूको लागि क्रान्तिकारी हुने अपेक्षा गरिएको गिज्माेचाइनामा उल्लेख छ।
“५.५जीको लागि द्रुत व्यावसायीकरणको चरण विश्वव्यापी रूपमा चलिरहेको छ,” ह्वावेका वायरलेस साेलुसनका अध्यक्ष काओ मिङले भने।
लगभग २० देशहरूमा ५.५ जीको लागि स्पेक्ट्रम रहेको रिपोर्ट गरिएको छ। यसले यो केवल एक फ्यूचरिस्टिक भिजन मात्र नभएर एक प्रविधि रहेकाे जुन मुख्यधारा अपनाउनको लागि तयारी गरिरहेको बताइएकाे छ।
काओ मिङले फराकिलो डिजिटल रूपान्तरणको संकेत गर्दै परम्परागत क्षेत्रहरूमा उत्पादकत्व बढाउन प्रविधिको भूमिकालाई जोड दिए।
चीनले मेसम्म २.८ मिलियन ५जी बेस स्टेशनहरू बुस्ट गर्दै दौडमा अगाडि रहेको छ। चाइना मोबाइलको आगामी ५ जी बेस स्टेसनको महत्वपूर्ण ५२% काम ह्वावे उपकरणहरूमा निर्भर हुने उल्लेख छ। ५.५जी प्रविधिको परिचय, जसलाई “५जी-एडभान्स्ड” को रूपमा पनि नामले चिनिन्छ।
प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार