सञ्चारमैत्री बनाइँदै मनाङ जिल्लाको नार्पाभूमि पालिका

Technology Khabar २४ आश्विन २०८०, बुधबार

काठमाडौं ।

मनाङ जिल्लाको विकट पालिका नार्पाभूमिलाई संचारमैत्री बनाईदै छ। गाउँपालिकामा लघु जलविद्युत् र सौर्य ऊर्जा (सोलार) को माध्यमबाट इन्टरनेटको पहुँच पुयाउने उद्देस्यले योजना बनाइएको छ।

नार, फु, र मेता मा रहेको लघु जलविद्युत् र सौर्य ऊर्जाको भरमा गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ।

नार्पाभूमि गाउँपालिकामा हालसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भने भएको छैन। पालिकाले पालिकाबासीलाई सहज र छिटो सूचना प्रबाह गर्न सञ्चारमैत्री बनाउने योजना बजेट तथा कार्यक्रममा नै समावेश गरी अगाडि बढेको छ।

नापभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले तिब्बतको सिमानासँग जोडिएको पालिकालाई संचारमैत्री बनाएर सूचना प्रचारप्रसार गर्ने योजनामा राखिएको जानकारी दिए। मोबाइलको नेटवर्कको समस्या भएकाले सूचना प्रबाहका लागि सहज बनाउन वाईफाईको नेटवर्कमार्फत सूचना प्रवाह गर्ने लामाले बताए।

“विकट स्थान भएकाले वाईफाईको नेटवर्क लाग्छ तर मोबाइलको नेटवर्कको समस्या छ। त्यसैले वाईफाईको सहजता कायम गर्न गाउँपालिकाले यस योजनालाई प्राथमिकता दिएको हो,” अध्यक्ष लामाले भने, “नाभूमिबासीका आफन्त धेरै विदेशमा बसोबास गर्ने भएकाले वाईफाईको पहुँनलाई प्राथमिकतामा राखेका छौं। यसले सूचना पनि सहज र छिटो पाउने छन्।”

गाउँपालिकाको भवनका साथै पालिकाका पाँच ओटै वडामा एकैसाथ डिजिटल डिस्प्लेबाट सूचना प्रबाह व्यवस्थापन गर्न लागिएको उनले बताए।

प्रकाशित: २४ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया