Technology Khabar २४ आश्विन २०८०, बुधबार
काठमाडौं ।
चिनियाँ टेक जायन्टहरू, भिभो र ट्रान्ससनले संसारको नै पहिलो रोलेबल स्क्रिन स्मार्टफोन सन् २०२४ मा अनावरण गर्ने लक्ष्य राखेका छन्।
उद्योगकै आन्तरिक स्रोतलाई उदृत गर्दै आएको एक रिपोर्टकाअनुसार यो फोन आगामी वर्षको अन्त्यसम्ममा बजारमा आउने अपेक्षा गरिएको छ।
भिभो र ट्रान्ससनले आफ्नो रोलेबल स्मार्टफोनका साथ सामसङको फोल्डेबललाई चुनौती दिने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
विगतमा पनि धेरै रोलेबल कन्सेप्ट फोन र डिस्प्लेहरू देखिएको छ। गत सेप्टेम्बरमा मात्रै ट्रान्ससनले टेक्नो फ्यान्टम अल्टिमेटको साथ रोलेबल स्क्रिनहरूको लागि आफ्नो भिजन प्रदर्शन गरेको थियो।
उक्त कन्सेप्ट फोनले मात्र १.३ सेकेन्डमा नै ६.५५ इन्चबाट थप फराकिलो ७.११ इन्चमा सजिलै ट्रान्जिसन हुने स्क्रिन देखाएको थियो। साथै यो साइज (आकार) को बारेमा मात्र नभएको र यस डिस्प्लेले २२९६×१५९६ पिक्सेलको प्रभावशाली रिजोल्युसन, क्रिस्प ३८८ पीपीआईका साथै कम्प्लिट डीसीआई–पी३ कलर गामट कभरेजको प्रतिज्ञा गरेको छ।
त्यसैगरी अर्को चाखलाग्दो विशेषता भनेको पछाडिको मिनी डिस्प्ले रहेको र त्यसलाई सूचनाहरूका लागि डिजाइन गरिएको जनाइएको छ।
भिभोले रोलेबल प्यानलहरूलाई बीओई वा सामसङ डिस्प्ले जस्ता प्रख्यात टेक लिडरहरुबाट सोर्सिङ्ग गरिरहेको हुन सक्ने संकेतहरू रहेको उल्लेख छ। उद्योग विशेषज्ञहरूले सुझाव दिएअनुसार बीओई यस उद्यममा बढी उत्साहका साथ सहभागी हुन सक्छ।
त्यस्का साथै रोलेबल प्रविधितर्फको यो परिवर्तन भनेको फोल्डेबल फोन एरेनामा सामसङलाई बाहिर निकाल्ने चुनौतीहरूको प्रतिक्रिया पनि हुन सक्नेछ। सामसङले फोल्डेबल क्षेत्रमा विशेष गरी आफ्नो ग्यालेक्सी फोल्ड सिरिजको साथ आफूलाई निर्विवाद रूपमा स्थापित गरेको छ।
जबकि रोयोलले संसारको पहिलो फोल्डेबल स्मार्टफोन “फ्लेक्सपाई” प्रस्तुत गरेको भएपनि सामसङको ग्यालेक्सी फोल्डले वास्तवमा यो अवधारणालाई लोकप्रिय बनाएको हो।
सामसङले २०२५ मा डेब्यु हुने अपेक्षा गरिएको रोलेबल डिभाइसहरू एक्सप्लोर गरिरहेको छ तर अहिलेको लागि भने कम्पनीको प्राथमिक फोकस फोल्डेबलहरूमा रहेको छ।
प्रकाशित: २४ आश्विन २०८०, बुधबार