लाइसेन्स बिनाका वाकीटकी तथा रेडियो उपकरण आयात र बिक्री गर्नेलाई कारबाही गरिने

Technology Khabar २४ आश्विन २०८०, बुधबार

काठमाडौं ।

सरकारले अवैधानिकरुपमा बिना लाइसेन्स वाकीटकी तथा रेडियो उपकरणहरु प्रयाेग, विक्री वितरण गर्नेहरुलाई कारबाही गर्ने भएकाे छ।

सूचना तथा प्रशारण विभागले सूचना मार्फत अवैधानिकरुपमा बिना लाइसेन्सका वाकीटकी तथा रेडियो उपकरणहरु आयात, विक्री वितरण गर्नेहरुलाई कारबाही गर्ने बताएकाे हाे।

नेपालमा प्रचलित कानूनअनुसार वाकीटकी तथा रेडियो उपकरणहरु प्रयाेग, विक्री वितरण गर्न विभागबाट लाइसेन्स प्राप्त गर्नुपर्ने हुन्छ। रेडियाे ऐन २०१४ तथा रेडियाे ( सञ्चार) लाइसेन्स नियमावली, २०४९ बमाेजिम लाइसेन्स लिएर मात्र यस्ता उपकरणहरु आयात, विक्री वितरण गर्नुपर्ने प्राबधान छ।

उक्त प्रावधान अनुरुप कानुन पालना नगरी अवैधानिक रुपमा लाइसेन्स नलिइ वाकीटकी लगायतका रेडियाे यन्त्रहरु विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरुमार्फत विज्ञापन समेत गरेर बजारमा विक्री वितरण तथा प्रयाेग भइरहेकाे विभागकाे सूचनामा उल्लेख छ।

अवैधानीक रुपमा वाकीटकी तथा रेडियाे यन्त्रहरुकाे आयात तथा विक्री, वितरण तत्काल राेक्न र विभागकाे सूचना अनुरुप प्रावधान पालना नगर्नेलाई प्रचलित कानुन बमाेजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।

प्रकाशित: २४ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया