
काठमाडौं ।
यो वर्ष पोकोले तीन सी सिरिज पोको सी५०, पोको सी५१ र पोको सी५५ स्मार्टफाने घोषणा गरेको छ। रिपोर्ट अनुसार ब्रान्डले पाको सी६० सिरिजमा काम गरिरहेको छ।
पोको सी६५ को विवरण आईएमईआई डाटाबेसमा देखिएको छ। आईएमईआई डाटाबेस अनुसार ग्लोबल भेरियन्टको मोडल नम्बर २३१०एफपीसीए४जी र इन्डियन भेरियन्टको मोडल नम्बर २३१०एफपीसीए४आई रहेको छ।
रिपोर्टका अनुसार पोको सी६५ को कोड नाम एयर रहेको र यसमा मिडियाटेक चिप रहेको छ। यसमा डिभाइसको आन्तरिक मोडल नम्बर सी३भी हो। “२३१०“ नम्बरहरूले यो डिभाइस केही बजारहरूमा यो महिना (अक्टोबर) डेब्यु हुन सक्ने संकेत गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
पोको सी६५ यूएसबी–सी पोर्ट र एमआईयूआई १४ आधारित एन्ड्रोइड १४ जस्ता फिचर्सका साथ आउने अपेक्षा गरिएको छ।
रिपोर्ट अनुसार पोको सी६५ सम्भवत रेडमी १३सीको रिब्रान्डेड भर्सन हुन सक्छ। यो यो फोन आधिकारिक रुपमा सार्वजनिक हुन बाँकी छ। रेडमी १३ सीको मोडल नम्बर २३१००आरएन८२एल ल्याटिन अमेरिका, २३१०८आरएन०४वाई र २३१०६आरएन०डीए रहेको छ।
रेडमी १३सीमा फ्रन्टमा टियरड्रप नोच डिस्प्ले र पछाडि ५० मेगापिक्सेलको ट्रिपल क्यामरा छ। डिभाइस ब्ल्याक, ब्लू र लाइट ग्रिनमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २२ आश्विन २०८०, सोमबार