रूसी ह्याकर समूह किलनेटद्वारा इजरायल सरकारको वेबसाइट ह्याक

  • Technology Khabar | २२ आश्विन २०८०, सोमबार
रूसी ह्याकर समूह किलनेटद्वारा इजरायल सरकारको वेबसाइट ह्याक

काठमाडौं ।

रूसी ह्याकर समूह किलनेटले इजरायल सरकारको वेबसाइट ह्याक गरेको छ।

रूसी ह्याकर समूह किलनेटले हमासलाई समर्थन गरेको छ र इजरायलको सरकारी वेबसाइटहरुमा आक्रमण गर्न शुरु गरेको छ।

ह्याकर समूहले भनेको छ, “इजरायली सरकार, तिमी यस रक्तपातको लागि जिम्मेवार छौ। २०२२ मा, तपाईंले युक्रेनमा आतंकवादी शासनलाई समर्थन गरेउ। तिमीले रसियालाई धोका दियौ। आज, किलनेटले तिमीलाई आधिकारिक रूपमा सूचित गर्दछ। इजरायलका सबै सरकारी प्रणालीहरू हाम्रा आक्रमणहरूको अधीनमा हुनेछन्।”

हाल इजरायलमा प्यालेष्टाईनी समूह हमासले आक्रमण गरिरहेको छ।जसमा विश्व दुई पक्षमा विभाजित भएको छ।

ह्याक गरिएका वेबसाइटहरु पुनः फिर्ता भईसकेका छन्।

प्रकाशित: २२ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार