भारतमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवाको परीक्षण गर्न दुई कम्पनीलाई अनुमति

  • Technology Khabar | २१ आश्विन २०८०, आईतवार
भारतमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवाको परीक्षण गर्न दुई कम्पनीलाई अनुमति
सांकेतिक तस्विर

काठमाडौं ।

भारतले दुई कम्पनीहरुलाई स्याटेलाइट इन्टरनेट सेवाको परीक्षण गर्न अनुमति दिएको छ।

यसका लागि भारतीय दूरसञ्चार विभागले दूरसञ्चार कम्पनी रिलायन्स जियोको स्याटेलाइट आर्म र वनवेबलाई प्रत्यक्ष प्रदर्शन अर्थात लाइभ डेमोका लागि स्वीकृति दिएको छ। अब दुवै कम्पनीले स्याटेलाइट इन्टरनेटले कसरी काम गर्नेछ भन्ने बताउनेछन्।

भारतीय मिडिया रिपोर्टकाअनुसार, भर्खरै अमेजनले पनि भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउन डीओटीमा आवेदन दिएको छ।

यसका साथमाअमेजन, जियो, वनवेब र इलन मस्कको कम्पनी स्टारलिंक स्याटेलाइट इन्टरनेटको दौडमा प्रवेश गरेका छन्।

तर कहिले यो सेवा परीक्षण हुन्छ र कहिलेदेखि सर्वसाधारणले प्रयोग गर्न पाउनेछन भन्ने कुनै जानकारी छैन्।

प्रकाशित: २१ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार