लाईकाद्वारा जोफोर्ट २ इन्स्ट्यान्ट क्यामरा र प्रिन्टर घोषणा

  • Technology Khabar | २१ आश्विन २०८०, आईतवार
लाईकाद्वारा जोफोर्ट २ इन्स्ट्यान्ट क्यामरा र प्रिन्टर घोषणा

काठमाडौं ।

लाईकाले अन्ततः आफ्नो दोस्रो पुस्ताको इन्स्ट्यान्ट क्यामरा ल्याएको छ। यस नयाँ इन्स्ट्यान्ट क्यामराको नाम जोफोर्ट २ राखिएको छ भने जर्मन भाषामा जोफोर्टको अर्थ ‘तुरुन्तै’ भन्ने बुझिने र उक्त नाम क्यामराको लागि निकै नै उपयुक्त भएको उल्लेख छ।

साथै यो निर्माणमा सात वर्षको सिक्वेल पनि भएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

मार्केट सेग्मेन्ट (बजार खण्ड) को लागि निर्माण गरिएको यस नयाँ इन्स्ट्यान्ट क्यामरालाई बाहिरबाट नै लाईका क्यामरा भएको सजिलै पहिचान गर्न सकिने छ भने यो क्यामरा कालो, रातो र सेतो गरी तीन रङ्गहरूमा आउने जनाइएको छ।

जोफर्ट अब इन्स्ट्यान्ट क्यामरा मात्र नभएर यो अब १/५” सीएमओएस सेन्सर सहितको हाइब्रिड डिजिटल क्यामरा पनि भएको उल्लेख छ। साथै यसले ४.९ मेगापिक्सेलको तस्बिरहरू माइक्रोएसडीमा खिच्नेछ। आफूले चाहेको फोटोहरू प्रिन्ट गर्नका लागि छान्न मिल्ने फिचर समेत रहेको छ।

लाईका जोफोर्ट २ एक फोटो प्रिन्टर पनि भएको र आफ्नो फोन (वा लाईका) ले खिचेका तस्बिरहरू जोफर्ट २ मा पठाउन सकिने र तिनीहरूलाई प्रिन्ट गर्न सकिने छ। यसको लागि जोफोर्ट कलर फिल्म मिनी आवश्यक पर्ने र यसको आकार ८६×५४ मिमी रहने उल्लेख गरिएको छ।

जोफोर्ट २ को पछाडिको भागमा ३–इन्च एलसीडी रहेको र लाईका क्यामराहरूको जस्तै मेनु पनि रहेको उल्लेख गरिएको छ।

त्यसैगरी अगाडि २८ मिमी बराबरको लाईका समर एफ/२ लेन्स रहेको र लोकप्रिय लाईका क्यू सिरिज फिक्स्ड–लेन्स क्यामराहरूको जस्तै फोकल लेन्थ भएको जनाइएको छ। लेन्सको न्यूनतम फोकसिङ्ग डिस्ट्यान्स १० सेमी रहेको जनाइएको छ। साथै अगाडि एउटा फ्ल्यास पनि समावेश गरिएको उल्लेख छ।

आगामी नोभेम्बर ९ मा उपलब्ध हुने लाईका जोफोर्ट २ को मूल्य ३८९ यूरो/३८९ अमेरिकी डलर हुने उल्लेख छ।

प्रकाशित: २१ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार