Technology Khabar २१ आश्विन २०८०, आईतवार
काठमाडौं ।
गत महिना, सामसङ ग्यालेक्सी ए १५ को रेन्डर्स अनलाइन देखा परेको छ। यसका मुख्य विशेषताहरू प्रकट गर्दै ए१५ गीकबेन्चमा पपअप भएको हो।
फोरजी भेरियन्टको, मोडल कोड एसएम-ए १५५ एफ डिभाइसले एन्ड्रोइड १४ चलाउने बताइएको छ। ४ जीबी र्याम अनबोर्ड छ। स्मार्टफोन २ गीगाहर्जको म्याक्सिमम क्लक फ्रिक्वेन्सीसंग एक अक्टा-कोर प्रोसेसरद्वारा संचालित रहने तथा गिकबेन्चको सीङ्गल र मल्टि-कोर परीक्षणहरु मा क्रमशः ७४३ र २ हजार ५ अंक प्राप्त गरेकाे जीएसएमएरिनामा उल्लेख छ।
सामसङ ग्यालेक्सी ए १५ फोरजीको गीकबेन्च लिस्टिङले यसको बारेमा अरू केही खुलासा गर्दैन।
यद्दपी ग्यालेक्सी ए १५ को लीक रेन्डरहरूले यो स्मार्टफोन फ्ल्याट फ्रेमहरू र ६.४ इन्च मापन गर्ने इन्फिनिटी-यू डिस्प्लेको साथ आउने खुलासा गरेको छ।
प्रकाशित: २१ आश्विन २०८०, आईतवार