काठमाडौं ।
एप्पलले हाल नयाँ ट्याब्लेटहरूमा काम गरिरहेको छ र ती सबै आगामी केही महिनाहरूमा आधिकारिक हुने संभावना रहेको छ। साथै ती सबै ट्याब्लेटहरूलाई आईप्याडओएस १७ को भर्सनको साथ लन्च गरिने योजना रहेको छ।
तसर्थ एप्पलले सर्पोटेड डिभाइसेस (समर्थित उपकरणहरू) मा आईप्याडओस १८ पठाएसँगै उक्त ट्याब्लेटहरू अर्को सेप्टेम्बरअघि रिलिज हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
यद्यपी यो एकदम स्पष्ट टाईमलाईन नभएको बताईएको छ। यसै क्रममा सबैभन्दा पहिले नयाँ आईप्याड मिनी रहेको र यस ट्याब्लेटमा यस अघिको जस्तै डिजाइन रहने तर इन्टर्नल्स भने नयाँ हुने अनुमान छ।
त्यसैगरी यस पटक दुई ओटा नयाँ आईप्याड एयरहरु आउने र त्यसमध्ये एउटा या त प्लस–साइज मोडल हुने वा ‘भेनिला’ आईप्याड एयर भन्दा हाई–इन्डको हुन सक्ने उल्लेख गरिएको छ। साथै यसको डिजाइन पनि हालको आईप्याड एयरको जस्तै रहने अपेक्षा गरिएको छ।
इन्ट्रि–लेभल आईप्याडको ११ औं पुस्ता पनि आउने भएको जनाइएको छ। यसको डिजाइन पनि हालको मोडलको जस्तै रहने तर यसमा अपग्रेड गरिएको चिपसेट समावेश गरिने उल्लेख गरिएको छ। अन्ततः एम३ चिपको सहितको नयाँ आईप्याड प्रो पनि बाटोमा रहेको र सघैँ जस्तो दुई (साइज) आकारमा उपलब्ध हुने उल्लेख गरिएको छ।
कम्पनीले नयाँ म्याजिक किबोर्ड पनि ल्याउने भएको छ। गत महिना पहिलो पटक अफवाहमा आएको यो म्याजिक किबोर्ड अब आउने भएको एउटा लीकले पुष्टि गरेको जनाइएको छ।
यो किबोर्डले आईप्याडलाई ल्यापटप जस्तो देखाउने छ भने यसको संरचना हालको म्याजिक किबोर्डको जस्तै प्लास्टिकको सट्टा एल्युमिनियम प्रयोग गरिने उल्लेख छ। साथै ट्र्याकप्याड पनि ठूलो हुने र यसमा एक्सेलेरोमिटर सहित केही नयाँ सेन्सरहरू रहने जनाइएको छ। यस किबोर्डलाई नयाँ आईप्याड प्रो ट्याब्लेटको साथ अनावरण गरिने अपेक्षा गरिएको छ।
प्रकाशित: २१ आश्विन २०८०, आईतवार