दक्षिण कोरियाले गुगल र एप्पललाई एप्स मार्केटिङमा ५०.४७ मिलियन डलर जरिवाना लगाउने चेतावनी

  • Technology Khabar | २० आश्विन २०८०, शनिबार
दक्षिण कोरियाले गुगल र एप्पललाई एप्स मार्केटिङमा ५०.४७ मिलियन डलर जरिवाना लगाउने चेतावनी

काठमाडौं ।

दक्षिण कोरियाको दूरसञ्चार नियामकले शुक्रबार अल्फाबेट इंकको गुगल र एप्पलले आफ्नो प्रभावशाली एप बजार स्थितिको दुरुपयोग गरेको आरोप लगाएको छ। साथै नियामकले यी दुई टेक जायन्टलाई ५०.४७ मिलियन अमेरिकी डलरसम्मको सम्भावित जरिवानाको चेतावनी दिएको रोयटर्सले उल्लेख गरेको छ।

कोरिया कम्युनिकेसन्स कमिसन (केसीसी) ले एक विज्ञप्तिमा यी दुई टेक जायन्टले एप विकासकर्ताहरूलाई विशेष भुक्तानी विधिहरूमा बाध्य पारेका थिए र एप समीक्षामा अनुचित ढिलाइ गरेको बताएको छ।

केसीसीले कम्पनीहरूलाई सुधारात्मक कारबाहीका लागि सूचित गर्दैछ, र जरिवानाका सम्बन्धमा छलफल गरिने विज्ञप्तिमा भनिएको छ।

‘केसीसीले साझा गरेको विषय ‘पूर्व-सूचना’ हो र हामी ध्यानपूर्वक समीक्षा गर्नेछौं र हाम्रो प्रतिक्रिया पेश गर्नेछौं। एकपटक अन्तिम लिखित निर्णय हामीसँग साझा भएपछि हामी अर्को कार्यको मूल्यांकन गर्न सावधानीपूर्वक समीक्षा गर्नेछौं,’ गुगलले रोयटर्सलाई एक विज्ञप्तिमा भन्यो।

एप्पलले पनि एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘हामी केसीसीले उनीहरूको परीक्षकको प्रतिवेदनमा गरेको निष्कर्षसँग असहमत छौं, र हामीले एप स्टोरमा लागू गरेका परिवर्तनहरू टेलिकम्युनिकेसन बिजनेस ऐनसँग मिल्दोजुल्दो छ भन्ने विश्वास गछौं। हामीले सधैं गरेझैं हाम्रो विचार साझा गर्न केसीसीसँग संलग्न हुन जारी राख्नेछौं।’

२०२१ मा, दक्षिण कोरियाले टेलिकम्युनिकेसन बिजनेस ऐनमा संशोधन पारित गरेको थियो। जसमा एप स्टोर अपरेटरहरूलाई सफ्टवेयर विकासकर्ताहरूलाई उनीहरूको भुक्तानी प्रणालीहरू प्रयोग गर्न बाध्य पार्नबाट प्रतिबन्ध लगाएको थियो।

केसीसीले गुगल र एप्पलले निश्चित भुक्तानी विधिहरू लागू गर्ने र एप्पलको ‘घरेलु एप विकासकर्ताहरूलाई शुल्कको भेदभावपूर्ण चार्ज’ ले निष्पक्ष प्रतिस्पर्धालाई बढावा दिने कानूनको उद्देश्यलाई कमजोर पार्ने सम्भावना रहेको बताएको छ।

कम्पनीहरूको सुनुवाइ पछि, नियामकले गुगलका लागि ४७.५ बिलियन वन र एप्पलका लागि २०.५ बिलियन वन सहित ६८ बिलियन वन (५०.४७ मिलियन अमेरिकी डलरसम्म) जरिवाना लगाउने निर्णय गर्न सक्ने केसीसीले बताएको छ।

प्रकाशित: २० आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार