
काठमाडौं ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालल र हाम्रो बजार डटकमबीच नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्झौता भएको छ।
नाडाको सचिवालय टेकुमा बिहीबार नाडा डिजिटल अटो शो सम्पन्न गर्ने गरी नाडा र हाम्रो बजारबीच संम्झौता पत्रमा हस्ताक्षर भएको हो।
उक्त सम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाडौंको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरु बारे nada.hamrobazaar.com मार्फत दैनिक रुपमा प्रसारण गर्नेछ। उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.धु्रव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रवन्धक सागर के.सीले हस्ताक्षर गरेका छन्।
प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार