
काठमाडौं ।
हालै लन्च भएको आईफोन १५ प्रो सिरिजको प्रो भर्सनले ओभरहिटिङ्गको समस्याहरूको सामना गरेसँगै एप्पलका फ्यानहरू निराश भएका थिए। कम्पनीले आधिकारिक रूपमा यस ईस्यूलाई स्वीकार गर्दै अब यो ईस्यूलाई सम्बोधन गर्नका लागि एक अपडेट रोल आउट गर्ने भएको छ।
कुपर्टिनो बेस्ड (आधारित) जायन्टले आईफोन १५ लाइनअपमा ओभरहिटिङ्ग समस्याको कारण आलोचनाको सामना गर्नुपरेको छ। साथै ओभरहिटिङ्गकै कारणले गर्दा एक प्रयोगकर्ताले जलनसम्म भोग्न परेको उल्लेख गरिएको छ।
आईफोन १५ प्रो लाइनअपको थर्मल ईस्यू (समस्याहरू) विभिन्न कारकहरूले गर्दा उत्पन्न भएको जनाइएको छ। साथै नयाँ चिपसेट ए१७ प्रो र नयाँ टाइटेनियम बिल्ड (निर्माण) ले गर्दा आईफोन १५ लाइनअपमा ओभरहिटिङ्ग समस्या आएको भन्ने रिपोर्टहरूको विश्वास रहेको छ।
इन्स्टाग्राम, उबर जस्ता थर्ड पार्टि एपहरू र आईओएस १७ सँगको अन्य अप्टिमाइजेसन ईस्यूज (समस्याहरू) ओभरहिटिङ्गको कारण भएको एप्पलले दाबी गरेको छ।
एप्पलले आईओएस १७.०.३ प्याच जारी गरेको ९ टू ५ म्याकमा उल्लेख गरिएको छ। यसले “समस्यालाई सम्बोधन गर्दछ जसले आईफोनलाई अपेक्षित भन्दा बढी तातो बनाएको हुन सक्छ” भनेर आधिकारिक नोटहरूमा उल्लेख गरिएको छ। यो अपडेट आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स मोडलहरूको लागि लक्षित गरिएको छ।
तात्ने समस्याको सम्बोधन गर्नु बाहेक एप्पलले नयाँ अपडेटको साथ गत महिना देखा परेको बग पनि फिक्स गरेको छ। म्याकरुमर्सका अनुसार स्मार्टफोनलाई तताउने टाइटेनियम बिल्ड कारक नभएर थर्ड–पार्टि (तेस्रो–पार्टी) एपहरूले गर्दा यो समस्या उत्पन्न भएको भन्दै एप्पलले स्पष्ट पारेको उल्लेख गरिएको छ। त्यस्का साथै आईफोन निर्माताले ए१७ प्रो चिपसेटलाई थप अन्य कुनै ट्वीकहरू आवश्यक नपर्ने उल्लेख गरेको जनाइएको छ।
प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार