सामसङले ग्यालेक्सी वाच ५ र ६ श्रृंखलामा ‘स्लीप एपनिया’ पत्ता लगाउने सुविधा ल्याउँदै

  • Technology Khabar | १९ आश्विन २०८०, शुक्रबार
सामसङले ग्यालेक्सी वाच ५ र ६ श्रृंखलामा ‘स्लीप एपनिया’ पत्ता लगाउने सुविधा ल्याउँदै

काठमाडौं ।

सामसङले अर्को वर्षको सुरुमा कोरियामा ग्यालेक्सी वाच मोडलहरूमा आउने नयाँ ‘स्लीप एपनिया’ पत्ता लगाउने सुविधाको घोषणा गरेको छ।

नयाँ सुविधाले कोरियाको खाद्य तथा औषधि सुरक्षा मन्त्रालय (एमएफडीएस) बाट स्वीकृति प्राप्त गरेको छ भने दक्षिण कोरियाली प्रयोगकर्ताहरूका लागि अर्को वर्षको सुरुमा सामसङ हेल्थ मोनिटर एपमा ग्यालेक्सी वाच ६  र वाच ५ सिरिजका लागि उपलब्ध हुनेछ।

ग्यालेक्सी वाच शृङ्खलामा नयाँ स्लीप एपनिया सुविधाको साथ,  प्रयोगकर्ताहरूलाई तिनीहरूको अवस्था बिग्रनु अघि नै यो डिस्अर्डरलाई यसको प्रारम्भिक चरणहरूमा पहिचान गर्न सरल, सक्रिय उपकरण प्रदान गर्दैछौं,” भिपी र सामसङ मोबाइलमा डिजिटल स्वास्थ्य टोलीका प्रमुख भन्छन्।

सामसङले ग्यालेक्सी वाच प्रयोगकर्ताहरूलाई प्रारम्भिक चरणमा नै निद्राको अप्ठ्यारो लक्षणहरू पत्ता लगाउन सक्षम हुने दाबी गरेको छ भने प्रयोगकर्ताहरूलाई मेडिकल एटेन्सन खोज्न सचेत गराउनेछ।

बायोएक्टिभ सेन्सर भएका ग्यालेक्सी वाचहरूले निद्राको समयमा रगतमा अक्सिजनको स्तरलाई निगरानी गर्न सक्षम हुने बताइएकाे छ। उनीहरूले  रगतको अक्सिजनको मान कसरी एपनिया/हाइपोप्नियामा परिवर्तन हुन्छ र अनुमानित एपनिया-हाइपोप्निया इन्डेक्स (एएचआई) प्राप्त गर्नेछन् पत्ता लगाउने जीएसएमएरिनामा उल्लेख छ।

नयाँ सुविधाले प्रयोगकर्तालाई स्लीप एपनियाका लक्षणहरू छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न ४ घण्टा भन्दा बढी डाटाको साथ टू स्लीप ट्र्याकिङ सीजनहरू आवश्यक पर्छ।

स्लीप एपनिया विश्वव्यापी रूपमा एक सामान्य स्वास्थ्य समस्या हो जहाँ मानिसहरूले निद्रामा सास फेर्न रोक्छन् ।यसले शरीरमा अक्सिजनको आपूर्ति घटाउन सक्ने तथा अन्य स्वास्थ्य जटिलताहरू जस्तै उच्च रक्तचाप, हृदयघात, स्ट्रोक वा कग्निटीभ डिसअडर्ड हरू हुन सक्ने बताइएकाे छ।

प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार