बिईको प्रवेश परीक्षा अनिश्चितकालका लागि स्थगित

  • Technology Khabar | १८ आश्विन २०८०, बिहीबार
बिईको प्रवेश परीक्षा अनिश्चितकालका लागि स्थगित
फाइल तस्विर

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयले स्नातक तह (बिई/बिआर्क) को प्रवेश परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । डिन कार्यालयले बुधबार सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।

प्रवेश परीक्षा बोर्डका पदाधिकारीले मङ्गलबार संयुक्त राजीनामा दिएकाले हाललाई प्रवेश परीक्षा स्थगन भएको जानकारी डिन कार्यालयले सूचनामा उल्ले ख गरेको छ।

प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्राडा सुशीलबहादुर वज्राचार्य, सदस्यहरू डा. इन्द्रप्रसाद आचार्य, प्राडा सञ्जीवप्रसाद पाण्डे, किरणचन्द्र दाहाल र सदस्यसचिव विदुर ढकाल तथा सल्लाहकार प्राडा सुरज लामिछाने र प्राडा हिक्मतराज जोशीले राजीनामा दिएका थिए।

उनीहरूले थपिएको मितिमा आवेदन फाराम भराउन तथा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन्।

प्रकाशित: १८ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार