नियन्त्रण एकाइमा समस्या आएका कारण चन्द्र मिसन विफल भएको रुसको दाबी

  • Technology Khabar | १८ आश्विन २०८०, बिहीबार
नियन्त्रण एकाइमा समस्या आएका कारण चन्द्र मिसन विफल भएको रुसको दाबी

काठमाडौं ।

रूसले गत अगष्टमा चन्द्रमामा रहेको आफ्नो ल्यान्डर ‘अनबोर्ड कन्ट्रोल युनिट’ को खराबीका कारण उक्त यान चन्द्रमामा खसेको बताएको छ।

मङ्गलबार स्टेट स्पेस कर्पोरेसन रोस्कोस्मोसले नियन्त्रण एकाईले प्रोपल्सन प्रणाली (कुनै वस्तुको अनुवादात्मक गतिलाई परिमार्जन गर्न धक्का दिने वा तान्ने शक्ति) बन्द गर्न असफल भएको बताएको छ। यो यान गत अगस्टमा चन्द्रमामा खसेर विस्फोट भएको थियो।

रोस्कोस्मोसका प्रमुख युरी बोरिसोभले एक अनुसन्धान आयोगले आफ्नो काम पूरा गरेको र सरकारलाई प्रतिवेदन दिन तयारी गरिरहेको बताएका छन्।

“लुना–२६ र लुना–२७ मिसनलाई जतिसक्दो छिटो आवश्यक पर्ने परिणाम प्राप्त गर्नका लागि अगाडि बढ्ने सम्भावनाबारे पनि विचार गरिरहेका छौं,” उनले भने। उनले चन्द्रमा अन्वेषण कार्यक्रमलाई अघि बढाउने दृढता व्यक्त गरे। गत अगष्टमा रूसको लुना–२५ यान अनियोजित कक्षमा प्रवेश गरेपछि चन्द्रमामा खसेको थियो। रासस

प्रकाशित: १८ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार