एप्पलले चीनमा एप स्टोरका लागि नयाँ नियम पालना गर्न सहमत

  • Technology Khabar | १८ आश्विन २०८०, बिहीबार
एप्पलले चीनमा एप स्टोरका लागि नयाँ नियम पालना गर्न सहमत

काठमाडौं ।

एप्पलले चीनमा आफ्नो एप गाइडलाइन्सहरु अपडेट गरेको छ। नयाँ नियमहरू अनुरूप सबै एप स्थानीय प्रयोगकर्ताहरूका लागि इजाजतपत्र दिनुपर्ने मागलाई कन्फर्म गर्दै आफ्नो एप गाइडलाइन्सहरु अपडेट गरेको हाे।

यो कदमले चीनको कडा इन्टरनेट प्रतिबन्धहरूलाई स्वीकार गर्ने एप्पलको इच्छुकता देखाउँछ।

पहिले, एप्पलको एप स्टोर चिनियाँ प्रयोगकर्ताहरूका लागि भर्चुअल पर्सनल नेटवर्कस् (भीपीएनएस) प्रयोग गरेर इन्स्टाग्राम र युट्युब जस्ता प्रतिबन्धित विदेशी एपहरू डाउनलोड गर्न र प्रयोग गर्ने गेटवे थियो।

यद्यपि, नयाँ नीतिले चीनको ‘ग्रेट फायरवाल’ मा यो ‘लूपहोल प्लग’ गर्ने लक्ष्य राखेको बताइएको छ। यसमा सर्वसाधारण नागरिकहरूलाई विभिन्न विश्वव्यापी प्लेटफर्महरूमा पहुँच गर्नबाट अनिवार्यरूपमा प्रतिबन्ध लगाइएको उल्लेख छ।

चीनको साइबरस्पेस एडमिनिस्ट्रेशन (सीएसी) द्वारा प्रकाशित दर्ता गरिएको “एप डिस्ट्रीब्यूसन प्लेटफर्महरू” को भर्खरैको सूचीबाट एप्पलको अनुपस्थितिले यो अवस्थालाई अझ रोचक बनाउने बताइएको छ।

२०२३ को पहिलो अर्ध वार्षिकमा एप्पलले चीनमा सबै स्मार्टफोन ढुवानीको चौथो भागलाई समाहित गर्दै, यो बहिष्कारले टेक जायन्टका लागि देशमा आफ्नो उपस्थिति कायम राख्न चुनौतीहरूको संकेत गर्नसक्ने गिज्मोचाइनामा उल्लेख छ।

यी बाधाहरूको बावजुद, एप्पलको बलियो ब्रान्डले यसलाई कठिनाइमा मद्दत गर्न सक्ने बताइएको छ।

कम्पनीसँग विविध उत्पादनको दायरा रहेको तथा यसको पछिल्लो आईफोन १५ चीनमा लोकप्रिय भइसकेको बताइएको छ। यसले एप स्टोरले चुनौतीहरूको सामना गर्न सक्ने संकेत गरे पनि एप्पलको हार्डवेयर बिक्री बलियो रहन सक्ने उल्लेख छ।

प्रकाशित: १८ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार