Technology Khabar १८ आश्विन २०८०, बिहीबार
काठमाडौं ।
एप्पलले आफ्ना उत्पादनहरूमा सर्चका लागि गुगललाई प्रतिस्थापन गर्न सक्ने आफ्नै सर्च इन्जिन विकास गर्न कडा मेहनत गरिरहेको छ।
एप्पलले वर्षौंदेखि सर्च टेक्नोलोजीमा कदम चालिरहेको ब्लूमबर्गका मार्क गुरम्यानले रिपोर्ट गरेका छन्। यसका साथै आईफोन निर्माताले अझै लामो यात्रा गर्न बाँकी रहेको तर यदि यसको इन्टर्नल सर्च टेक्नोलोजी (आन्तरिक खोज प्रविधि) कुनै बेला सहि आकारमा पुग्यो भने एप्पल प्रयोगकर्ताहरूले गुगलको तुलनामा थप इन्टिग्रेटेड र प्राईभेट सलुसनको आनन्द लिने बताईएको छ।
एप्पलले यस अघि नै आफ्ना केही एपहरूमा आफ्नो सर्च टेक्नोलोजीको साना प्रयोगका केसहरू परीक्षण गरिरहेको रिपोर्टले जनाएको छ। एप्पलको खोजी प्रयासहरू स्पटलाइटमा स्पष्टरूपमा देख्न सकिने र यसले प्रयोगकर्ताहरूलाई उनीहरूको डिभाइसहरूमा सर्च गरेर वस्तुहरु फेला पार्न मद्दत गर्ने उल्लेख छ।
“यस अघि केही जोडी आईओएस र म्याकोस भर्सनका टूलहरूमा एप्पलले वेब सर्च रिजल्टस थप्न थालेको र प्रयोगकर्ताहरूको प्रश्नहरूको जवाफ दिन सक्ने साइटहरूमा प्रयोगकर्ताहरूलाई सिधै औंल्याईएको थियो। ती परिणामहरू माइक्रोसफ्ट कर्पोरेशनको बिङ्ग वा अल्फाबेट इंक. को गुगल द्वारा संचालित थिए।
तर सिरीले पनि वेब नतिजाहरू प्रदान गर्न त्यस प्रविधिको प्रयोग गर्ने ब्लूमबर्ग रिपोर्टमा उल्लेख गरिएको छ।
यदि वास्तवमा नै एप्पलले आफ्ना उत्पादनहरूमा गुगललाई प्रतिस्थापन गर्ने हो भने गुगलले यसको राजस्वमा उल्लेखनीय घाटा देख्नेछ। आईफोन, आईप्याड र म्याकबुकहरू जस्ता एप्पलसँग अरबौंको प्रोडक्टहरू रहेको छन् भने तिनीहरुले माउन्टेन भ्यू कम्पनीको सर्च टेक्नोलोजी प्रयोग गर्ने गरेको उल्लेख छ।
चाखलाग्दो कुरा के छ भने एप्पलले गुगलको सर्च विज्ञापन राजस्वको कटौती प्राप्त गर्ने र कमिसनले हालैका वर्षहरूमा लगभग ८ बिलियन अमेरिकी डलर वार्षिक रूपमा ल्याएको ब्लूमबर्ग जनाएको छ।
प्रकाशित: १८ आश्विन २०८०, बिहीबार