चीनमा टेस्लाको अपडेटेड मोडल वाई इभी अनावरण

Technology Khabar १८ आश्विन २०८०, बिहीबार

काठमाडौं ।

टेस्लाले चीनमा अपडेट गरिएको मोडल वाई इभी अनावरण गरेको छ। कम्पनिले स्पेक्समा कुनै परिवर्तन नगरी “अप्डेटेड” मोडल वाई लन्च गरेको हो।

रिफ्रेस्ड टेस्ला मोडल वाई बाहिरी, भित्री र अन्य सुविधाहरूमा परिवर्तनहरुका साथमा आउनेछ। यसमा रियर-व्हील-ड्राइभ, अल-ह्वील-ड्राइभ, र पर्फरमेन्स भर्जनहरू तीन संस्करणहरू उपलब्ध रहेका उल्लेख छ। मेड-इन-चाइना (एमआईसी) टेस्ला मोडल वाईका लागि प्रमुख विशेषताहरू समान रहेका बताइएको छ।

मोडल वाईको तीन उपलब्ध संस्करणहरूको सुरूवाती मूल्यहरू अपरिवर्तित रहेका छन्। टेस्ला मोडल ३ को मामलामा विपरीत त्यहाँ कुनै ठूलो परिवर्तनहरू छैनन्। महत्त्वपूर्ण अपग्रेड २०२४ मा अपेक्षित रहेको संकेतहरू रहेका उल्लेख छ।

नयाँ मोडल वाईमा पहिलेको सिल्भर जीमीनी डिजाइनको सट्टा नयाँ, कालो १९ इन्चको ह्वील डिजाइन छ। नयाँ ह्वीलहरूले सीएलटीसी दायरा बढाएर, अझ ठूलो एयराेडायनामिक्स प्रदान गर्न सक्ने बताइएकाे छ।

रियर-व्हील-ड्राइभ टेस्ला मोडल वाईको अनुमानित दायरा ३४४ माइल (५५४ किमी) छ। डुअल-मोटर, अल-ह्वील ड्राइभ, लङ रेन्ज संस्करणको सीएलटीसी दायरा ४२८ माइल (६८८ किमी) छ। दुबै मोडलहरूले आफ्ना पूर्ववर्तीहरू भन्दा ९ किलाेमीटर र २८ किलाेमीटर बीचको उच्च सीएलटीसी दायराहरू प्रस्ताव गर्ने उल्लेख छ। मोडल वाई फर्फरमेन्स भर्सनको अनुमानित दायरा अपरिवर्तित रहन्छ।

इन्ट्री-लेबल टेस्ला मोडल वाई आरडब्लूडी ०- १०० कीलाेमीटर प्रती घण्टा बाट यसको पूर्ववर्ती ६.९ सेकेन्डको तुलनामा ५.९ सेकेन्डमा जान सक्ने बताइएकाे छ। सुधार ड्राइभ एकाइ, ब्याट्री सेटअप, वा सफ्टवेयर परिवर्तनमा कनेक्सन नहुन सक्ने गिज्माेचाइनामा उल्लेख छ।

टेस्ला मोडल वाईको भित्री भागमा ड्यासबोर्डमा आरजीबी एम्बियन्ट लाइटिङ छ जबकि नयाँ टेक्सटाइल सामग्रीले काठ ट्रिमलाई प्रतिस्थापन गर्छ। नयाँ एमआईसी मोडल वाई हार्डवेयर ४.० (एचडब्ल्यू ४) सेल्फ-ड्राइभिङ सीस्टम र एनभीएच पर्फरमेन्समा सुधारहरू संग सुसज्जित रहेकाे बताइएकाे छ।

चीनमा तीनवटा अपडेटेड टेस्ला मोडल वाईको मूल्य २ लाख ६२ हजार ९ सय युआन (अमेरीकी डलर ३६ हजार ७ सय ८८ ) बाट सुरु हुन्छ।

प्रकाशित: १८ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया