सामसङको दोस्रो त्रैमासको घाटा कम गर्न चिप उत्पादनमा कटौती

  • Technology Khabar | १७ आश्विन २०८०, बुधबार
सामसङको दोस्रो त्रैमासको घाटा कम गर्न चिप उत्पादनमा कटौती

काठमाडौं ।

विश्वको सबैभन्दा ठूलो चिप निर्माता सामसङले आफ्नो चिप घाटा कम गर्नका लागि २०२३ को तेस्रो त्रैमास(क्यू३ २०२३) मा चिप उत्पादन कटौतीलाई जारी राख्ने भएको छ। निरन्तर आपूर्ति ग्लट (अत्यधिक मात्रा) समाधान गर्नका लागि भनेर कम्पनीले आफ्ना प्रतिस्पर्धीहरु एसके हिनिक्स इंक. र माइक्रोन टेक्नोलोजीको नेतृत्व पछ्याउँदै यस वर्षको सुरुवातदेखि नै चिप उत्पादन घटाउन थालेको थियो।

आफ्नो चिप व्यवसायको निरीक्षण गर्ने सामसङको डिभाइस सोलुसन्स (डीएस) डिभिजनले तेस्रो त्रैमासमा ४ ट्रिलियन वोन (२.९६ बिलियन अमेरिकी डलर) को घाटा रिपोर्ट गर्ने अपेक्षा केबी सेक्युरिटीजका विश्लेषक किम डोङ–वनले गरेको र यो दोस्रो त्रैमासको ४.३५ ट्रिलियन वोन भन्दा कम भएको उल्लेख छ।

सामसङले दोस्रो हाफदेखि नै लागू हुने गरि चिप उत्पादनमा गरेको बढ्दो कटौतीसँगै डीआरएएम तर्फ ३० प्रतिशत कटौती भएको एनएएनडी फ्ल्यास तर्फ ४० प्रतिशत कटौती गरिएको छ, जुन पहिलो त्रैमासिकमा क्रमशः २० प्रतिशत र ३० प्रतिशत कटौती रहेको छ।

सामसङको डीएस डिभिजनले पहिलो त्रैमासमा ४.६ ट्रिलियन वोनको अपरेटिङ घाटा रिपोर्ट गरेको र उक्त घाटा १४ वर्षमा पहिलो वित्तीय घाटा भएको उल्लेख छ। यस घाटाको मुख्य कारण भनेको लोअर ग्लोबल डिमाण्ड (कम विश्वव्यापी माग) को बीचमा हाई चिप इन्भेन्टरिज रहेको उल्लेख गरिएको छ।

यद्यपि, सामसङको उत्पादन कटौती, विशेष गरी एनएएनडी फ्ल्यासमा गरिएको ५० प्रतिशत कटौतीले प्रभाव पार्न सक्छ र कम्पनीको प्राइमरी प्राथमिक उत्पादनहरूको मूल्य वृद्धि हुन सक्ने विश्लेषकको विश्वास  छ।

त्यसैगरी मूल्यह्रास लागत बढेकोले सामसङको चिप पर्फमेन्स तेस्रो त्रैमासिकमा अपेक्षाहरू भन्दा कम हुन सक्छ भनी केही विश्लेषकहरू विश्वास गरेको उल्लेख छ।

प्रकाशित: १७ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार