घरबारबिहिनको फोन निशुल्क चार्ज गर्न विद्यार्थीले बनाए साइकलमार्फत उर्जा दिने प्रविधि

  • Technology Khabar | १७ आश्विन २०८०, बुधबार
घरबारबिहिनको फोन निशुल्क चार्ज गर्न विद्यार्थीले बनाए साइकलमार्फत उर्जा दिने प्रविधि

काठमाडौं ।

बेलायतमा सान्टान्डर बाइकहरू प्रयोग गरेर घरबारबिहिनहरूलाई निःशुल्क फोन चार्जिङ प्रदान गर्न एक विद्यार्थीले नयाँ प्रविधि आविष्कार गरेका छन्।

सेन्ट्रल सेन्ट मार्टिनबाट स्नातक विद्यार्थीले भाडामा लिने बाइक प्रयोग गरेर नि:शुल्क फोन चार्ज गर्न प्रयोग गर्न सकिने पोर्टेबल चार्जर बनाएका हुन्।

माई पावर बैङ्क नामक डिभाइसलाई लन्डनमा कुनै पनि सान्टान्डर साइकलको चेनसँग जोड्न डिजाइन गरिएको बताइएकाे छ। साइकल पेडल गर्दा, चार्जरले सानो पेडल-संचालित जेनेरेटर प्रयोग गरेर बिजुली उत्पन्न गर्ने उल्लेख छ। र लगभग २५ मिनेटको पेडलिङले एक फोन पूर्ण चार्ज गर्न पर्याप्त रहेकाे बताइएकाे छ।

माई पावर बैङ्क लुक टलबाेटद्वारा सिर्जना गरिएको हाे। बेलायतमा धेरै हाेमलेस अर्थात घरबारबिहिन मानिसहरूसँग फोनहरू भएपनि चार्ज गर्न ठाउँहरू खोज्न संघर्ष गर्ने तथ्यबाट उनी प्रेरित भएकाे उल्लेख छ। यसले बैंकिङ, सन्देश, र बेनिफिट्सहरूका लागि आवेदन जस्ता महत्त्वपूर्ण डिजिटल सेवाहरूमा उनीहरूको पहुँचलाई बढाउन सक्ने बताइएकाे छ।

माई पावर बैङ्क अझै प्रोटोटाइप चरणमा रहेकाे, तर टलबाेट यस वर्षको  मुल्लेनलव नाेभा अवार्डमा एक बिजेता बनेको उल्लेख छ। अब, उक्त जितेको पुरस्कार रकमलाई डिजाइन उत्पादन-तयार पार्न र प्रति चार्ज आवश्यक पर्ने पेडलिङ समयलाई कम गर्न प्रयोग गर्ने योजना गरिरहेको बताइएकाे छ।

ट्यालबोटको प्रोटोटाइपमा थ्रीडी प्रिन्टेड शेल रहेको उल्लेख छ।डायनामोलाई यूट्यूब ट्यूटोरियल प्रयोग गरेर स्क्र्याचबाट निर्माण गरिएको थियो र दुईवटा ब्याट्रीहरू, जसमा  हुने प्रत्येक फाेर फूल चार्ज पुरानो पावरबैंकहरूबाट रिक्लेम्ड गरिने बताइएकाे छ।

प्रकाशित: १७ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...